Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लैङगीक हिँसाका घटना कानुनी प्रक्रियामा आउन सकेनन् ।

लैङगीक हिँसाका घटना कानुनी प्रक्रियामा आउन सकेनन् ।

  • नमीन ढकाल
  • बिहिबार, असार ८ २०७४


लैङगीक हिँसाका घटना कानुनी प्रक्रियामा आउन सकेनन् ।

इलाम, पारिवारिक मिलेमतोका कारण लैङगीक हिँसाको घटना कानुनी प्रक्रियामा नआउने गरेको छ । डर, त्रास, धम्की र आर्थिक प्रलोभनमा पारी लैङगीक हिँसा घटनाका पिडकहरुले उन्मुक्ति पाउने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
महिला तथा बालबालिका कार्यालयको आयोजनामा भएको महिला संस्था÷ समिती लैङगीक हिँसा निगरानी समुह, सरकारी र गैरसरकारी साझेदार निकायहरुविच लैङगीक हिँसाको अवस्था विश्लेषण बार्षिक समिक्षा गोष्ठीका सहभागीहरुले बैदेशिक रोजगारीले पनि लैङगीक हिँसाका घटना बढेको बताए । छोराछोरीको उज्जबल भविष्यका लागी सहर केन्द्रित भएका महिलाहरुको असिमित इच्छा चाहना कारण उनीहरुको श्रीमान र परिवारहरु माथी लैङगीक हिँसा हुने गरेको महिला जागरण संघकी सदस्य शुशिला सापकोटाले बताइन ।
फौजदारी प्रकारका मुद्धाहरु मध्ये बलात्कारका घटनाहरु अदालतमा बढी दर्ता हुने भएपनि पिडितहरु अदालतमा पुगेपछि विभिन्न कारणबाट कसुर अस्विकार गर्नाले पिडकहरुले उन्मुक्ती पाउने गरेको सरकारी वकिल ऋद्धिनाथ निरौलाले बताए । पारिवारिक समस्याका कारण पनि अधिकाँश महिला तथा पुरुषहरु लैङगीक हिँसाको सिकारमा पर्ने गरेका छन । महिला तथा बालबालिकाले चालु आर्थिक बर्षमा ३० जना हिँसामा परेको महिलाहरुलाई रु ३ हजार देखी २० हजारसम्म आर्थिक सहयोग प्रदान गरेको महिला विकास अधिकृत स्किम श्रेष्ठले बताइन ।
जिल्लामा लैङगीक हिँसामा परेका महिलाहरुलाई पुर्नस्थापना गर्नका लागी लैङगीक हिँसा कोषको व्यवस्था भएपनि अधिकाँश महिलाहरुले पुर्नस्थापनामका लागी माग नगर्दा बजेट सदुपयोग हुन नसकेको श्रेष्ठले बताइन । जिल्लाका साविकका २५ वटा गाविसमा लैङगीक हिँसा न्युनिरकणका लागी निगरानी समुह गठन भएका छन । यो समुह मार्फत गाँउघरका हिँसाका घटनाहरु न्यायिक निकायसम्म पु¥याइने भएपनि अधिकाँश महिलाहरुले हिँसामा परेको घटनाहरु नखुलाउने गरेका निगरानी समुहका सदस्यहरुले बताए ।
त्यसैगरी चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा जिल्ला प्रहरी कार्यालय इलाममा हिँसाका ८७ वटा घटना दर्ता भएकामा जवरजस्ती करणीका ३९ र लैङगीक हिँसाका ३५ वटा घटना दर्ता भएका छन । जिल्लाका धेरै जसो क्षेत्रमा बालबिवाहका घटनाहरु भएपनि कानुनी झन्झन्टका कारण उजुरी नआउने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार