Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भ्रमण वर्षको प्रचारपसारका लागि झापा–ताप्लेजुङ पैदलयात्रा

भ्रमण वर्षको प्रचारपसारका लागि झापा–ताप्लेजुङ पैदलयात्रा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १३ २०७६


भ्रमण वर्षको प्रचारपसारका लागि झापा–ताप्लेजुङ पैदलयात्रा

इलामः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरादेवी दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा सुरु गरेका नितेश ओली (नवराज) इलाम आइपुगेका छन्। झापा हल्दिवारी गाउँपालिका १ निवासी ओलीले २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका थिए। उनी शुक्रबार इलाम बजारबाट पाँचथरतर्फ लागेका छन्। आज इलाम–पाँचथर सिमानाको राँके बजार पुग्ने लक्ष्य राखेको उनले बताए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रचारपसारको लागी पाथिभरा दर्शनमा हिडेको उनले बताए। एक साताभित्रमा ताप्लेजुङ पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पाथिभरा यात्रा गरेका थिए। विर्तामोडबाट हिडेको १३ दिनमा पुनः विर्तामोड पुग्ने लक्ष्य राखेको ओलीले बताए। लगातार ३ बर्ष हिडेर पाथिभरा पुग्ने उनले बताए।
ओलीलाई इलाम नगरपालिका प्रमुख महेश बस्नेत, होटल व्यवसायी संघका अध्यक्ष देवी पौडेल लगायतले शुभकामना दिएर विदाइ गरेका छन्। केही दिन अघि मात्र ओली दुवईबाट नेपाल आएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार