Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

यो मुलुक जनप्रतिनिधीको मात्र होइन : सांसद कागते

यो मुलुक जनप्रतिनिधीको मात्र होइन : सांसद कागते

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ९ २०७६


यो मुलुक जनप्रतिनिधीको मात्र होइन : सांसद कागते

प्रदेश सांसद काजीमान कागतेले यो मुलुक जनप्रतिनिधिको मात्र नभएको बताएका छन् । सांसद कागतेले निर्वाचित जनप्रतिनिधि पात्र मात्र भएकाले जनता नै सर्बोपरी भएको बताएका छन् । सोमबार रोङ गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद कागतेले निर्वाचित जनप्रतिनिधिले जनताको सेवक हुँ भन्ने बुझेर काम गर्नु पर्ने बताए ।
उनले जनतालाई पारदर्शी बनाउन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुले जनता प्रति गाउँपालिका उत्तरदायी भएको बताए । सांसद कागतेले एक समय जनप्रतिनिधिलाई बाघ हौ भन्ने लागेको बताउदै जनप्रतिनिधिले त्यस्तै ब्यहोरा देखाए आफै समाप्त हुने बताए । उनले सबै जनप्रतिनिधिले आफनो दायित्व सम्झेर काम गर्नु पर्ने बताए । सांसद कागतेले समयमा प्रदेशले पैसा स्थानीय तहमा पैसा पठाउन नसक्दा गत आर्थिक बर्ष स्थानीय तहका केहि काममा ढिलाई भएको बताए ।
उनले यस आर्थिक बर्ष देखि प्रथम चौमासिकबाटै प्रदेशले स्थानीय तहलाई रकम पठाउने ब्यावस्था हुने जानकारी दिए । उनले प्रदेश सरकारका सचिव परिवर्तन भइरहने हुँदा काममा समस्या हुने गरेको बताए । उनले एक प्रसङ्गमा सतीले सरापेको देशमा संघीयता फाप्दैनकि भन्ने शंका लाग्न थालेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख चित्रकला बराईलीले रोङ गाउँपालिकाको सन्तुलीत बिकासका लागि आफहरुले प्रदेश र संघमा पहल गर्ने प्रतिवद्धता जनाइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार