पशुपतिनगर । दूधालु गाईमा थुनेलो रोगको प्रकोप बढेपछि इलामको सन्दकपुर गाउँपालिका भित्रका अगुवा तथा व्यवसायीक किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । भेटनरी अस्पताल तथा विज्ञ केन्द्र झापाको अनुदान सहयोगमा सन्दकपुर गाउँपालिकाले किसानलाई निःशुल्क औषधि वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईको नेतृत्वको टोलीले आइतबार विभिन्न सहकारी संस्थामा आवद्ध किसानलाई आधा लिटर औषधि वितरण गरिएको छ ।

गाउँपालिकाले वडा ३ को कञ्चन दुग्ध उत्पादन सहकारी संस्था, २ को सन्तपूर दुग्ध उत्पादक सहकारी संस्था, ३ को वृहतर पशु पालन तथा कृषि सहकारी सस्था, गहिरिगाउँ दुग्ध उत्पादक सहकारी संस्था र ४ को नव जागरण सहकारी कृषक सहकारी संस्थामा आवद्ध किसानलाई निःशुल्क औषधि वितरण गरेको गाउँपालिका प्रवक्ता गिरिराज खनालले बताउनुभयो ।

सन्दकपुर गाउँ पालिका का अध्यक्ष उदय बहादुर राई, प्रवक्ता गिरिराज खनाल,व डा सदस्य हरि लुङगेली र वृहतर पशु पालन तथा कृषि सहकारी सस्थाका अध्यक्ष नेत्र प्रसाद रिजालले संयुक्त रुपमा गाउँपालिकाका ४ सय किसानलाई औषधि प्रदान गर्नुभएको थियो ।

पशुपालनका लागि सन्दकपुर गाउँपालिकामा संभावना धेरै भएपनि थुनेलो रोगबाट किसानहरु पिडित भएको अवस्थामा रोग प्रतिरोधि औषधि वितरणले किसानलाई राहात पुगेको गाउँपालिकाका अध्यक्ष उदय बहादूर राईले बताउनुभयो । वितरण गरिएको औषधिले थुनेलो रोक्न लाग्नबाट रोक्ने काम गर्ने पशुप्राविधिकको भनाइ छ ।