Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीयस्थल सन्दकपुर जोड्ने सडकमा पुल निर्माण सम्पन्न

पर्यटकीयस्थल सन्दकपुर जोड्ने सडकमा पुल निर्माण सम्पन्न

  • सन्देस सम्बाददाता
  • आइतबार, भाद्र ८ २०७६


पर्यटकीयस्थल सन्दकपुर जोड्ने सडकमा पुल निर्माण सम्पन्न

सन्दकपुर । सन्दकपुर गाउँपालिका २ स्थित माईमझुवाको मेवा पुल निर्माण सम्पन्न भएको छ । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडकमा पर्ने पुल २०७३ माघदेखि निर्माण शुरु भएको थियो ।

पूल निर्माणको सम्पूर्ण काम सकिएको र अब केही दिन पछि कालोपत्रेको काम सम्पन्न भई पूर्ण रुपमा संचालनमा आउने सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो । पुल देवासंकर त्रिशक्ति जेभि कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।

४ करोडको लगानीमा निर्माण भएको पुल सडक डिभिजन कार्यालय इलाम मार्फत ठेक्का संम्झौता भइ सोही कार्यालयले अनुगमनको समेत काम गर्दै आएको छ । ४० मिटर लामो पुल २०७३ माघ २१ गते निर्माण सम्झौता भई २०७६ जेठ २० निर्माण सम्पन्न भएको निर्माण व्यवसायी सुवास चिपालुले बताउनुभयो ।

४ करोड ४७ लाख ५९ हजार ४ सय ७५ रुपैयामा निर्माण सम्पन्न भएको पुलको कालोपत्रे गर्ने काम वर्षातका कारण बाँकी रहेको र मौसममा सुधार भएपनि चाँडै काम गर्ने व्यवसायी चिपालुले बताउनुभयो ।


पुल निर्माणका लागि सडक डिभिजन कार्यालय इलामले तोकिएको म्याद मा काम सम्पन्न नभएपछि ६ महिना म्याद थप गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार