इलाम । इलाम नगरपालिकामा स्वतन्त्र उमेद्धवारी दिएकी एक उप मेयर र वडाध्यक्षका उमेद्धवारले आफ्नो उमेद्धवारी फिर्ता लिएका छन् । इलाम नगरको उप मेयरमा उमेद्धवारी दिएकि ज्योतीमाला प्रधानले आफ्नो उमेद्धवारी फिर्ता लिएकी हुन् ।
यसैगरि इलाम नगरपालिकाको वडा नम्बर ८ बाट वडाध्यक्षको स्वतन्त्र उमेद्धवारी दिएका गणेश राउतले पनि आफ्नो उमेद्धवारी फिर्ता लिएका छन् ।
यसैगरि असार १४ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागि लिएका उमेद्धवारलाई मुख्य निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेको छ । सात वटा राजनीतिक दलबाट उमेद्धवारी दिएका उमेद्धवार र ७ जना स्वतन्त्र उमेद्धवारलाई चुनाव चिन्ह दिएको हो ।
मुख्य निर्वाचन कार्यालय इलामका अनुसार इलाम नगरपालिकाको मेयरमा प्रदिप तामाङ्गले स्वतन्त्र उमेद्धवारी दिएका छन् । यस्तै वडा नम्बर ७ को वडाध्यक्षमा सोमकुमार राई, ११ मा वुद्धिमान लिम्बु र १२ मा मान बहादूर एक्तेनले स्वतन्त्र उमेद्धवारी दिएका छन् । यस्तै वडा नम्बर ६ को दलित महिला सदस्यमा मुना त्रिखत्रिले स्वतन्त्र उमेद्धवारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
इलाम नगरपालिकामा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ सक्ति र संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चले आफ्नो उमेद्धवारी दिएका छन् ।