Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

व्यवसायीक रुख रोपणले सुधारिँदै इलामका किसानको अर्थतन्त्र

व्यवसायीक रुख रोपणले सुधारिँदै इलामका किसानको अर्थतन्त्र

  • सन्देस सम्बाददाता
  • बुधबार, साउन २९ २०७६


व्यवसायीक रुख रोपणले सुधारिँदै इलामका किसानको अर्थतन्त्र

पशुपतिनगर । सन्दकपुर २ का घनश्याम गुरुङ्गले ३० रोपनी क्षेत्रफलमा रोपिएको उत्तस र मलातोको बगान बिक्रिबाट ५० लाख थाप्नुभयो । ६० रोपनी क्षेत्रफलमा फैलिएको निजी वनमा रहेको उत्तिस, मलाँतो र चिलाउने बिक्रिबाट गुरुङ्गले १ करोडमा आम्दानी गर्ने योजना छ ।
१० वर्षमै आम्दानी लिने भएपछि गुरुङ्गले उत्तिस र मलातो रुख भएको बगान खालि भएपछि पुनः रोप्ने योजना छ गुरुङ्गको । खाध्यबाली रोप्यो भने आम्दानी खासै बस्दैन–गुरुङ्गले भन्नुभयो–‘बजारको समस्या छैन खरिद गर्न व्यपारी घरमै आउँछन्, नसोचेको आम्दानी रुखबाट लिइरहेको छु ।’ देउमाई नगरपालिका १ चमैताका चुणामणि बस्नेतले ४८ रोपनी जग्गाको उत्तिस र मताँतोको रुख बिक्रिबाट ४८ लाख नै आम्दानी लिनुभयो ।
सीम खेतमा खाध्यबाली लगाउनुको साटो रुख लगाउँदा फाइदा भएको छ चुणामणि बस्नेतले भन्नुभयो–‘मैले ४८ रोपनी क्षेत्रफलमा २०५१ सालमा रुख बिक्रिबाट ७ लाख आम्दानी गरेको थियो ।’ त्यो बेलाको ७ लाख भनेको अहिलेको ७ करोड नै हो बस्नेतले भन्नुभयो । उत्तिस र मलाँताे बगान बिक्रिबाट राम्रो आम्दानी भएको छ बस्नेतले भन्नुभयो–‘उत्तिस र मलाँतोबाट १० वर्षमै आम्दानी लिन सकिने भएकाले खाध्यबाली लगाउनुको साटो राम्रो आम्दानी लिइरहेको छ ।
कु–काठ मानिने उत्तिस, मलातो र चिलाउनेको किसानले व्यवसायीक रोपणले इलामका किसानले नगदेवालीकै रुपमा रोपण गरि आम्दानी लिँदै आएका छन् । सरकारले निजी वन दर्तामा सहुलियत दिएसँगै उच्च मुल्य दिने नगदेवाली झै इलामका किसानले गत वर्ष एक अरब ६५ करोड बढी आम्दानी गरेका छन् ।
राम्रो आम्दानी भएपछि खाध्यबाली हुने इलामका उत्तरी लेकाली क्षेत्रका खेतबारी अहिले उत्तिस र मलातोको बगानले भरिएका छन् । रोपिएको १० वर्षमा राम्रो आम्दानी लिन सकिने भएपछि कु–काठ मानिने उत्तिस, मलाँतो, चिलाउने जातका बिरुवा रोपाणमा किसानको आकर्षण बढेको हो ।
हुर्किएको रुख कटानबाट संकलित गोलिया प्लाईउड बनाउने भेनियर झापाका उद्योगमा निर्यात हुँदै आएको छ । किसानले कु–काठ जातका रुखलाई आम्दानीको श्रोत बनाएपछि निजी बन दर्तामा प्रोत्साहान गरिँदै आएको इलामका डिभिजन वन अधिकृत श्रीप्रसाद बरालले बताउनुभयो ।
किसानले रुखबाट आम्दानी लिन थालेपछि इलाममा आर्थिक वर्ष ०७३÷७४ देखि निजी वन दर्ताको थालनी गरिएको थियो । रुखको गोलियाबाट किसानको नगदेवाली नै भएको छ भने स्थानीय तहको आन्तरिक आयको श्रोत भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो । सन्दकपुर गाउँपालिकाले रुख कटनका लागि सिफारिस गर्दा २ सय रुपैयाँ लिँदै आउको छ भने निकासीमा प्रतिक्युफिट ५ रुपैँया राजश्व संकलन गर्दै आएको छ ।
रुख कटान गर्दा मालपोत र नापि कार्यालयले राजश्व लिँदै आएका छन् भने संघीय सरकारले मुल्यअभिवृद्धि करमार्फत श्रोत संकलन गर्छ । किसानले कटान गरिने रुख रहेको जग्गाको लालपुर्जाको फोटोकपी सहित कटान गर्ने निवेदन डिभिजन कार्यालयमा बुझाएपछि नापि कार्यालयको अमिनि र वन प्राविधिकले रुखको लगत संकलन गर्ने र चार किल्ला छुट्याउने काम गर्नुपर्ने भएकलो नापि र मालपोत कार्यालयले राजश्व संकलन हुँदै आएको छ ।
जग्गाका सधियार, जनप्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधि सहितको उपस्थितिमा सार्वजनीक सुनुवाई पछि रुख कटान गरि निकासी गर्दा उद्योगीले मुल्य अभिवृद्धि कर मार्फत सरकारलाई कर बुझाउँदै आएको डिभिजन वन कार्यालय इलामका साहायक वन अधिकृत याम बहादूर रुम्बाले बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ मा इलामबाट ३० लाख क्युफिट गोलिया तराई क्षेत्रका भेनियर उद्योगमा निर्यात भएको छ । किसानले प्रति क्युफिट ५ सय ५० रुपैयाँ मुल्य पाउने रुखका गोलिया बिक्रिबाट इलाममा गत वर्ष मात्रै एक अरब ६५ करोड रुपैयाँ भित्रिएको गोलिया व्यवसायीको साझा संस्था राष्ट्रिय वन पैदावार व्यवसायी महासंघका अध्यक्ष रोहित खड्काले बताउनुभयो ।
हरियो वन जंगलले मानिसबाट फ्याकिने कार्बडाइअक्साइड लिएर अक्सिजन मात्रै दिँदैन, गरिब किसानको आर्थिक उपार्जनको माध्यम बनेपछि धेरै लेकाली किसानले निजी वन दर्ता गर्ने क्रम बढेको छ । निजी आवादी जग्गामा खाध्यबालीझै रुखका बिरुवालाई व्यवसायी खेती अंगाल्ने इलामका किसानको आर्थिक अवस्थामा सुधार आएको पारिवारीक निजी वन संघ इलामका अध्यक्ष रबिन्द सुवेदीले बताउनुभयो ।
निजी वन दर्तासँगै डिभिजन वन कार्यालय इलामले प्राविधिक, प्रवद्र्धनात्मक र प्रचारप्रसारका काममा सहयोग गर्दै आएको छ । जग्गामा रुख रोपण गरि आम्दानी गर्ने किसान अहिले एक सय ५९ किसान पारिवारीक निजी वन संघमा आवद्ध छन् । किसानले आफ्नो धान, मकै, गहुँ, फाफर फल्ने बारीमा गरेको रुख बिरुवाको खेतीले इलाम जिल्लाकै अर्थतन्त्र नै बलियो बन्दै गएको पारिवारिक निजी वन संघका अध्यक्ष रबिन्द्र सुवेदीले बताउनुभयो । सरकारले प्राथमिकता दिएर नीजी वन दर्तामा अझ सहयोग गरे चिया अदुवा र अलैचीको भन्दा बढी आम्दानी र राज्यलाई कर उठ्ने सुवेदीको भनाइ छ ।
डिभिजन वन कार्यालय इलामको वार्षिक कार्यक्रममा वृक्ष सुधार वृक्षारोपण तथा निजी वन कार्यक्रम समावेस गरि निजी वनमा बिरुवा उत्पादन, नर्सरी मर्मत, निजी वन दर्ता प्रोत्साहान, निजी वन संजाल सुदृढिकरण र चेतनामुलक कार्यक्रम निजि वन विकास सम्बन्धि कार्यक्रम हुँदै आएको छ ।
वन दशक कार्यक्रम अन्तरगत आर्थिक वर्ष ०७३÷७४ देखि संचालीत यो कार्यक्रमले गर्दा किसान माझ सकारात्मक प्रभाव पर्दै गएको वन कार्यालयको भनाइ छ । खासगरि निजी वनमा उत्तिस, मलाँतो र चिलाउने जातका बिरुवाको रोपण किसानले गर्दै आएका छन् । उत्तीस र मलातोको रोपणको प्रतिफल हरेक १०÷१० वर्षमा लिँदै आएको पाइन्छ । किसानको आम्दानीको श्रोत मानिएको चिलाउनेबाट १५÷१५ वर्षको फरकमा बिक्रि गर्दै आएका छन् ।
किसानहरुले रुख बिरुवालाई व्यवसायीक खेतीका रुपमा गरेपछि फर्निचर, घर र महलमा समेत प्रयोगमा आवश्यक पर्ने काठ बिदेशबाट आयातमा प्रदेश एकमै कमी आएको राष्ट्रिय वन पैदावार व्यवसायी संघका अध्यक्ष हित खड्काले बताउनुभयो । कुल भु भागको ६५ प्रतिशत क्षेत्रफल जंगल रहेको इलाममा हालसम्म डिभिजन कार्यालयमा ७६ वटा निजी वन दर्ता भएको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार