Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदयमा कर घुम्ती शिविर

सुर्योदयमा कर घुम्ती शिविर

  • संगीता थामी
  • आइतबार, साउन १९ २०७६


सुर्योदयमा कर घुम्ती शिविर

फिक्कल । नगरका व्यवसायीहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यका साथ सुर्योदय नगर उद्योग वाणिज्य संघले कर सम्वन्धी घुम्ती शिविर सम्पन्न गरेको छ । शुक्रबारबाट करदाता सेवा कार्यालय इलामको सहकार्यमा भएको शिविरमा आइतबारसम्म नगरभित्रका ३ सय ६५ जना व्यवसायीहरुले आयकर, कर चुक्ता प्रमाणपत्र, अन्तःशुल्क लगायतका सेवा सुविधा लिएको वाणिज्य संघका अध्यक्ष प्रमोद राईले जानकारी दिए ।
पशुपतिनगरबाट १७६ जना र फिक्कलबाट १५० गरी २ दिनमा ३ सय ६५ ले सेवा लिएका हुन् । छोटो समयमा सेवा प्रवाह गर्नु पर्ने कारण सवै व्यवसायीहरु लाभान्वित हुन नसकेको करदाता सेवा कार्यालयका प्रमुख प्रकाश राईले जानकारी दिए । सेवा लिनबाट वञ्चित भएको सेवाग्राहीहरुलाई अर्को पटक शिविर आयोजना गरेर सहजता प्रदान गरिने वाणिज्य संघका महासचिव राजन प्रधानले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार