Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल भ्रमण बर्ष 2020 लाई लक्षित गरी इलामको देउमाई नगरपालिकाको बृतचित्र सार्वजनिक ( भिडियो )

नेपाल भ्रमण बर्ष 2020 लाई लक्षित गरी इलामको देउमाई नगरपालिकाको बृतचित्र सार्वजनिक ( भिडियो )

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन १९ २०७६


नेपाल भ्रमण बर्ष 2020 लाई लक्षित गरी इलामको देउमाई नगरपालिकाको बृतचित्र सार्वजनिक ( भिडियो )

इलाम । इलामको देउमाई नगरपालिकालाई समेटेर तयार पारीएको बृतचित्र सार्वजनिक भएको छ ।देउमाई नगरपालिकाको सहयोगमा क्रिसल एडभरटाईजिङ एण्ड क्रिएसन प्रा.लिले निर्माण गरेको बृतचित्र हालै सार्वजनिक भएको हो । देउमाई नगरपालिकाको आर्थिक, धार्मिक, पर्यटकीय , सांस्कृतिक, शैक्षिक र विकास निर्माणका गतिविधि समेटेर बृतचित्र तयार पारिएको छ । बृतचित्रमा आगामी दिनमा नगरपालिकाको योजना समेत समेटीएको छ ।
बृतचित्रमा पर्यटकीय स्थल कुईभीर, पानीटार, गुफाथुम्की, सिद्धिथुम्का लगायतका स्थललाई समेटीएको छ । प्राकृतिक स्रोत, कृषि र पर्यटनसमृद्ध देउमाई हाम्रो अभियान’ भन्ने नाराका साथ अगाडी बढेको देउमाई नगरको बृतचित्रले सरकारले घोषणा गरेको नेपाल भ्रमणबर्ष २०२० लाई लक्षित गरिएकाले स्थानीय स्तरमा पर्यटन प्रर्वधनमा सहयोग पुग्ने नगर प्रमुख सुर्यप्रसाद पोखरेलले बताए। उनले भने नगरका काममा हामी जति प्रष्ट भएर काम गरिरहेका छौ, बृत चित्रले त्यति नै प्रष्ट पारेको छ ।’ नगरका सबै क्षेत्र समेटेर निर्माण गरिएको बृतचित्र देउमाई नगरलाई चिनाउने दरिलो प्रमाण भएको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहालको परिकल्पना, पत्रकार सुजन तिम्सीनाको निर्देशन तथा पत्रकार प्रेम अधिकारीको लेखनमा तयार भएको बृत चित्रको छायाङक पत्रकार तिम्सीना र दुर्गेस भट्टराईले गरेका छन भने सम्पादन र ध्वनी समिश्रण सन्दिप प्रधानले गरेका छन् । भिडियोको टिममा पत्रकार टीका खतिवडा, मिलन निरौला लगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार