Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

‘रअ’ का प्रमुख नेपाल आउनु परराष्ट्र निति विपरित : खनाल

‘रअ’ का प्रमुख नेपाल आउनु परराष्ट्र निति विपरित : खनाल

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १५ २०७६


‘रअ’ का प्रमुख नेपाल आउनु परराष्ट्र निति विपरित : खनाल

फिक्कल । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख नेपाल आउनु परराष्ट्र नीति विपरित भएको बताएका छन् । आफु प्रधानमन्त्री भएकै बेला बिदेशी कुटनीतिग नियोगका ब्यक्तिको अन्तरदेशीय भेटघाटका बिषयका ‘कोड अफ कण्डक्ट’ बनाएकाले परराष्ट्र मन्त्रालयको स्विकृती विना आउनु मर्यादा विपरित भएको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले ‘रअ’ का प्रमुखलाई भेटेको कुरा हल्ला मात्र भए पनि राजनीतिक दलका केहि ब्यक्तिले भेटेको दावी गरे । नेता खनालले सरकारका समग्र कामको समिक्षा गर्दै मन्त्री मण्डल फेरबदल हुने बताए ।
आज सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को बजेट नीति कार्यक्रम सार्वजनिकरण र बिशिष्ट व्यक्तीहरुको सम्मान पछि पत्रकारहरु संग कुरा गर्दै नेता खनालले नेकपा नेता योगेश भट्टराईले पर्यटन मन्त्री पाएको केहि दिन भित्रमा अन्य मन्त्री हेरफेर गर्न नेकपा भित्र छलफल गरिने जानकारी दिए । उनले भने ‘मन्त्री मण्डल गठन भएको लामो समय भैसक्यो, अव कामको समिक्षा गरेर फेरबदल गर्नै पर्छ ।’ नेता खनालले जनताले प्रत्यक्ष अनुभुत हुने काम सरकारले गर्न नसकेको बताउँदै यसै बिषयमा प्रधानमन्त्री ओलीसंग बारम्बार छलफल गरिरहेको बताए । उनले मन्त्रीमण्डलका केहि सदस्यले दुई तिहाइको सरकारमा अपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाए ।
नेता खनालले दुई पार्टी बिचको सबै एकताका काम सकिए पछि प्रधानमन्त्री समेत फेरबदल हुने सक्ने संकेत गरे । मिडियामा आए जस्तो नेकपाको स्कुल विभागमा आफुले बार्गेनिङ नगरेको खनालले बताए । ‘३३ वटा विभाग मध्ये एक दुई वटामा सामान्य बिवाद छ ।’ उनले भने ‘साथीहरु सहमतीमा आईसक्नु भएकाले बाहिरको हल्ला जस्तो असहज छैन ।’ नेता खनालले चिया, अदुवा, अलैची जस्ता कृषिजन्य बस्तुको निकासीमा बारम्बार देखिने समस्या समाधानको लागी मन्त्री स्तरिय वार्ता भइरहेको जानकारी दिए । उनले देशमा भ्रष्ट्राचार मौलाएकाले तल्लो तहदेखी नै नियन्त्रणको प्रयास थालिनुपर्ने बताए ।


कार्यक्रममा सुर्योदय नगरपालिकामा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका व्यक्तीहरु सहित नगरका विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मानपत्र तथा प्रशंसापत्रले अभिनन्दन गरिएको छ । नेपाल टेलिभिजनका पूर्व महाप्रवन्धक तथा पत्रकार दुर्गानाथ शर्मा, गीतकार बुद्धबीर लामा, गायक सूर्य थुलुङ शिक्षाविद नरहरी अधिकारी, चिया उद्योगी उदय चापाँगाई , पूर्व राष्ट्रसेवक डम्बरसिंह गुरुङ र पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी रञ्जना दर्जी लगायतलाई सम्मान गरिएको थियो । प्रदेश १ को पर्यटकीय नगरी घोषित सुर्योदय नगरपालिकाले आगामी आर्थिक बर्षका लागी ९६ करोड बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार