इलाम, ३ दिन देखी वेपता बनेका नेकपा माओवादी केन्द्र इलाम नगरपालिका–१२ का वडाध्यक्षका उम्मेदवार नारायण राई अझै फेला परेका छैन्न । शनिबार हुने आमसभाको तयारीका लागि भनेर शुक्रबार अपराहन्न ४ बजे घरबाट निस्किएका राई सम्र्पकमा नरहेको नेकपा माओवादी केन्द्र इलाम नगर कमिटीले बताएको छ । राइकाे अवस्था अझै अज्ञात छ । शनिवार साँझ ९ बजेअघिसम्म उनकाे माेवाइल नम्बर ९८१६०८८२०९ मा फाेन लागेपनि त्यसपछि भने अफ रहेकाे प्रहरीले जनाएकाे छ । बेपता भएका राईको खोजीका लागी प्रहरी परिचालन रहेके प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।