Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आठौं सागको लोगो बनाउने इलामे वरिष्ठ चित्रकार सुरेन्द्र रहेनन्

आठौं सागको लोगो बनाउने इलामे वरिष्ठ चित्रकार सुरेन्द्र रहेनन्

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ९ २०७६


आठौं सागको लोगो बनाउने इलामे वरिष्ठ चित्रकार सुरेन्द्र रहेनन्

काठमाडौं । आठौं दक्षिण एसियाली खेलकुद सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको निधन भएको छ । कलेजो लगायतका रोगबाट पीडित श्रेष्ठको उपचारको क्रममा बुधबार काठमाडौंको भेनस अस्पतालमा निधन भएको हो । इलाम जिल्ला मंगलबारे घर भएका श्रेष्ठ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठका आमा बुवा नर कुमार श्रेष्ठ पार्वती देवी श्रेष्ठ र छोरा रोमन श्रेष्ठ रहेका छन् ।
उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले बताएको छ । कुशल चित्रकार श्रेष्ठले नेपालले २५ सेप्टेम्बरबाट ४ अक्टाेबर १९९९ आयोजना गरेको आठौंं सागको लोगो बनाएका थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेलामा सम्पन्न उक्त सागमा नेपाली खेलाडीले अहिलेसम्मकै सबैभन्दा बढी पदक बटुलेका थिए । नेपालले ३२ स्वर्ण १० रजत र २४ कास्य सहित ६६ पदक जित्दै दाेश्राे स्थान हासिल गरेकाे थियाे । (हाम्रा कुराबाट साभार)

प्रतिक्रिया
सम्बन्धित समाचार