Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कुल बजेटको ९ प्रतिशत फ्रिज

इलाममा कुल बजेटको ९ प्रतिशत फ्रिज

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ७ २०७६


इलाममा कुल बजेटको ९ प्रतिशत फ्रिज

इलाम । इलाममा गत आर्थिक वर्ष ०७५÷७६ मा ९ प्रतिशत भन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लामा संघ र प्रदेशबाट विनियोजना भएको कुल ६ अर्ब ७४ करोड ८३ लाख ३ हजार ४ सय ७४ रुपैया मध्ये ६ अर्ब १० करोड ९३ लाख ७ हजार १ सय १६ रुपैया खर्च भएको हो । अर्थात जिल्लामा विनियोजना गरिएको ६३ करोड ८९ लाख ९६ हजार ३ सय ५८ रुपैया (९.४७ प्रतिशत) फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयकी सुचना अधिकारी उर्मिला निरौलाले जानकारी दिइन् ।
संघीय सरकारको ५ अर्ब ७४ करोड १६ लाख ८५ हजार ९ सय ५४ मध्ये ५ अर्ब ३३ करोड १५ लाख ३५ हजार २ सय ९२ रुपैयाँ र प्रदेश सरकारको १ अर्ब ६६ लाख १७ हजार ५ सय २० रुपैयाँमध्ये ७७ करोड ७७ लाख ७१ हजार ८ सय २४ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामको तथ्यांकले देखाउँछ ।
संघीय सरकारको चालु खर्च तर्फ ४ अर्ब ७२ करोड ९९ लाख ७४ हजार ९ सय ५३ रुपैयाँ वार्षिक बजेट रहेकोमा ४ अर्ब ५७ करोड ४१ लाख ६४ हजार १ सय ३६ रुपैयाँ मात्र खर्च भएको छ । यस्तै, पुँजिगत खर्चतर्फ १ अर्ब १ करोड १७ लाख ११ हजार रुपैयाँमध्ये ७५ करोड ७३ लाख ७१ हजार १ सय ५५ रुपैयाँ मात्र खर्च भएको सुचना अधिकारी उर्मिला निरौलाले जानकारी दिनुभयो ।
५० करोड बढी राजस्व
गत आर्थिक बर्षमा इलाममा ५० करोड ३० लाख २५ हजार ८ सय ८ रुपैयाँ राजस्व संकलन भएको छ । संघतर्फ ४५ करोड १६ लाख ८२ हजार ७ सय ६३ रुपैयाँ राजस्व संकलन हुँदा प्रदेशतर्फ ५ करोड १३ लाख ४३ हजार ४५ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार