Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भौतिक संरचना विकासमा जोड दिँदै पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका ( भिडियाे सहित)

भौतिक संरचना विकासमा जोड दिँदै पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका ( भिडियाे सहित)

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन ५ २०७६


भौतिक संरचना विकासमा जोड दिँदै पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका ( भिडियाे सहित)

फाकफोकथुम। पश्चिमी इलामका बासिन्दाहरुले सडक, स्वच्छ खानेपानी, विद्युत, गुणस्तरिय शिक्षा र स्वास्थ्य सुविधा पर्खेको बर्षौ वितेको छ । धुले सडकबाट हिउँदका ७ महिना सदरमुकामसँग जोडिने पश्चिमि इलामका बासिन्दालाई बर्षातमा समुद्रको टापुमा बसे सरह हुन्छ । तर अब भने फाकफोकथुम क्षेत्रमा विकासको लहर सुरु भएको छ । १२ महिना सडक यातायातमा जोडिन नसकेको स्थानिय तहको विकासको लागी गाउँपालिकाले सडक पुर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ चालु आर्थिक बर्षको लागी गाँउपालिकाले ३६ करोड बढीको बजेट बिनियोजन गरेको छ ।
विनियोजित बजेट मध्ये धेरै जसो सडक निर्माणलाई प्राथमिकता दिएको छ । वडा देखी गाँउपालिका र अन्तर स्थानिय तह जोडने सडक गाँउपालिकाको मुख्य प्राथमिक्ता क्रममा रहेको छ । महाभारत पर्वतको बायाँ पर्ने जिल्लाको फाकफोकथुम गाउँपालिकाबासीलेस्थानीय सरकार गठन भएको २ वर्ष बितेपनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत विस्तारको काम नहुँदा जनता समस्या झेल्न बाध्य भएका छन । हिउँदमा धुलो उडाउँदै कुद्ने गाडी वर्षातमा ठप्प हुँदा बिरामीको उपचारका लागि स्ट्रेचर खोज्नुपर्ने आमचोककी जेष्ठ नागरिक नेत्रकुमार लामिछाने गुनासो गर्छिन ।
मेचीराजमार्गको कालोपत्रे छोडेर इलाम– पाँचथरको घुर्विसे पञ्चमी हुँदै झन्डै २० किलोमिटर यात्रामा पुग्न सकिने फाकफोकथुम गाउँपालिकाको केन्द्र रहेको आमचोकमा शुद्ध खानेपानी, विद्युतको केन्द्रिय प्रशारण र सडककै भरपर्दो व्यवस्थाका लागी गाँउपालिकाले योजना अगाडी बढाएको छ । पञ्चायतकालिन ४ कोठे भवनमा केन्द्र रहेको गाउँपालिकाको ६ वडा भाडामा चल्दै आएका छन् । ३९ जना दरवन्दी भएको गाउँपालिकामा अहिले १७ जना कर्मचारीले केन्द्र र ७ वडामा सेवा दिइरहेको प्रमुख प्रशासकिय अधिकृत जनार्दन कट्टेलले बताए ।
इलामको सुगम क्षेत्रमा समेत ११ जना खेल्न मिल्ने मैदान नभएको अवस्थामा गाँउपालिकाको लगानीमा सिंहदेवी माविको खेलमैदानलाई स्तरोन्नती गरेर रंगशाला झै बनाइदै गरेको छ । चालु आर्थिक बर्षमा वडा कार्यालय र मुख्य भवन निर्माणको लागी बजेट विनियोजना गरिएको छ । फाकफोकथुम गाउँपालिकाको माथिल्लो भाग हुँदै करिव २० किलोमिटर फाल्गुनन्द मार्ग पर्छ । प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको सो सडक कालोपत्रे भएर पुर्ण रुपमा संचालनमा आएपछि गाउँपालिकाले मुहार फेर्ने आशा राखेको अध्यक्ष रामकुमार श्रेष्ठ बताउँछन ।
पुराना खानेपानी आयोजना मर्मत र मुहान संरक्षण नहुँदा फाकफोकथुम गाउँपालिकाबासीले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन् । खानेपानी समस्या समाधानका लागी मुहान पहिचान गरेर संरक्षण गदैै ५ बर्षमा केन्द्रमा शुद्ध पानीको पहुँच पु¥याउने लक्ष्य गाउँपालिकाले राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार