इलाम । पछिल्लो समय अस्वास्थ्यकर खानाका कारण इलाममा क्यान्सर रोगको जोखिम बढेको छ । इलामको सुर्योदय नगरपालिका १३ र १४ मा भएको २ दिने स्वास्थ्य शिविरमा सहभागी भएका २०१ महिला मध्ये ८ जनामा क्यान्सरको संक्रमण देखिएको छ । सुर्योदय नगरपालिकाको आर्थिक सहयोग तथा सुर्योदय महिला मञ्च र सुर्योदय नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा शिविर सम्पन भएको हो । करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा संचालित शिबिर असार १७ र १८ गते २ दिन सम्म चलेको थियो ।
८ जना महिलाहरुमा क्यान्सरको संक्रमण देखिएको र ३ जनामा संकास्पद रहेको उपचारमा संलग्न चिकित्सक हरुले जानकारी दिएका छन । संकास्पद महिलाहरुको उपचारमा करुणा फाउण्डेशले सहयोग गर्ने मञ्चकी सचिव साधना फागोले जानकारी दिएक छन् । ।त्यसैगरी ६० बर्ष भन्दा माथीका महिलाहरुमा पाठेघर खस्ने समस्या देखीएको छ । भने केहिमा संक्रमण देखीएको थियो रोकथामका लागी शिविरमा औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलका मेडिकल अधिकृत डाक्टर पंकजकुमार यादव इलाम जिल्ला अस्पतालकी मेडिकल अधिकृत दिपिका रिजाल पशुपति स्वास्थ्य केन्द्रकी अनमी रीता गौतम ललीता बर्देवा ले सेवा दिएकी थिइन । कार्यक्रममा सुर्योदय महिला मञ्चकी अध्यक्ष अमृता राई सचिव साधना फागो कोषाध्यक्ष हेममाया प्रधान व्यवस्थापक भावना बाला राई रोजी लेप्चा गीता राई साबित्रा राई साबित्रा गड्तौला लगायतको उपस्थीतीमा कार्यक्रम सम्पन भएको हो ।