Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङमा नेपाल

सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङमा नेपाल

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २५ २०८३


सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङमा नेपाल

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ओमानविरूद्ध खेलिरहेको छ। प्रतियोगिताको सेमिफाइनलमा खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको क्लालाम्पुरस्थित बायुमास ओभल मैदानमा ओमानले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो।

समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।

समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो। यद्यपि ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन। हालसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ। जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ ।

पछिल्लोपटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोही लय दोहोर्‍याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ। फाइनल जित्ने टोली एसिया कपमा पुग्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार