Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र २३ २०८३


आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
  • सरकारले जेनजी आन्दोलनका शहीदको सम्झनामा आज देशभरि सार्वजनिक बिदा दिएको छ।
  • १८ भदौको मन्त्रिपरिषद् बैठकले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
  • काठमाडौंमा २३ भदौको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो, र दुई दिनमा मृतकको संख्या ७६ पुगेको थियो।

इलाम। जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो । २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार