Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आदर्श मावि इलाममा ३०० विद्यार्थीको रक्त समूह पहिचान तथा आँखा परीक्षण कार्यक्रम

आदर्श मावि इलाममा ३०० विद्यार्थीको रक्त समूह पहिचान तथा आँखा परीक्षण कार्यक्रम

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २१ २०८३


आदर्श मावि इलाममा ३०० विद्यार्थीको रक्त समूह पहिचान तथा आँखा परीक्षण कार्यक्रम

इलाम नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा रक्त समूह पहिचान कार्यक्रम सुरु भएको छ। ६३औँ रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदर्शद्वारा आयोजित कार्यक्रममा विद्यालयका करिब ३०० विद्यार्थीको रक्त समूह पहिचान तथा आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ।

विद्यार्थीहरूको रक्त समूह पहिचानसँगै निःशुल्क आँखा परीक्षण समेत गरिएको कार्यक्रममा स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श तथा सेवासमेत प्रदान गरिने कार्यक्रमका संयोजक पंकज भट्टराईले बताए । कार्यक्रमलाई आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित आदर्श फार्मेसी तथा पोलिक्लिनिक, नेपाल नेत्रज्योति संघ इलाम, जिल्ला अस्पताल इलाम र नेपाल रेडक्रस सोसाइटी इलाम साखाले प्राविधिक सहयोग गरेको छ।

युवा रेडक्रस सर्कल आदर्शका अध्यक्ष मिक्साम लावतीको अध्यक्षतामा शुरू कार्यक्रमको उद्घाटन इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले गर्नुभयो । कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक कुमार पौडेलले विद्यार्थीको स्वास्थ्यप्रति विद्यालयले विशेष ध्यान दिँदै आएको बताए ।

नेपाल रेडक्रस सोसाइटी चियाबारी उपशाखाका सचिव रामकुमार शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै समयमै आवश्यक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा लप्साङ शेर्पा र रुबिना शेर्पाले छोराको स्मृतिमा शिविरमा औषधि उपलब्ध गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार