Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका हिरालाल सहित ७ जना लागुऔषध कारोबारको आरोपमा पक्राउ

इलामका हिरालाल सहित ७ जना लागुऔषध कारोबारको आरोपमा पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १९ २०८३


इलामका हिरालाल सहित ७ जना लागुऔषध कारोबारको आरोपमा पक्राउ

इलाम : लागू औषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेको छ। झापाको दमक नगरपालिका–५ बाट प्रहरीले इलामको चुलाचुली गाउँपालिका–५ का ३५ वर्षीय हिरालाल विश्वकर्मालाई ३ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई लागू औषधसहित नियन्त्रणमा लिएको जनाएको छ। यसैगरी झापाकै झापा गाउँपालिका–४ बाट प्रहरी चौकी टाघनडुब्बाको टोलीले बाह्रदशी गाउँपालिका–७ का २७ वर्षीय सन्तोष क्षेत्रीलाई १ ग्राम २६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

सुनसरीको धरान उपमहानगरपालिका–५ का ३१ वर्षीय मनिराज भुजेललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर  र इलाका प्रहरी कार्यालय धरानको टोलीले उनकै घरबाट ४ ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, प्रहरी चौकी कप्तानगञ्जले देवानगञ्ज गाउँपालिका–३ बाट देवानगञ्ज गाउँपालिका–१ का सन्दिप कुमार मेहतालाई २१० मिलिग्राम ब्राउन सुगर र को २५ प ७८९७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

यता धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट प्रहरीले १५ किलो ७३ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले गाँजा ओसारपसारमा संलग्न साँगुरीगढी गाउँपालिका–४ का भीमबहादुर लिम्बु, सागर लिम्बु र वीरबहादुर लिम्बुलाई दुई थान मोटरसाइकलसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट को। २८ प ७२७७ र प्र।१–०२–५८ प ६०९९ नम्बरका मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार