Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भोटेकोशी बाढीपीडितका लागि माङसेबुङ गाउँपालिकाद्वारा २२ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि माङसेबुङ गाउँपालिकाद्वारा २२ लाख सहयोग

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १९ २०८३


भोटेकोशी बाढीपीडितका लागि माङसेबुङ गाउँपालिकाद्वारा २२ लाख सहयोग

इलाम : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामको माङसबुङ गाउँपालिकाले २२ लाख सात हजार ३९५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भदौ १७ गतेको बैठकअनुसार माङसेबुङ गाउँपालिकाले गाउँपालिका विपद् कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक र महिला लक्षित कार्यक्रम अन्तर्गत तीज विशेष कार्यक्रमबाट प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

माङसेबुङले गाउँपालिका विपद कोषबाट पाँच लाख, जनप्रतिनिधिहरुको १५ दिनको सेवा सुविधाबाट एक लाख ५४ हजार २५०, कर्मचारी र शिक्षकहरुबाट १३ लाख ५३ हजार १४५ र महिला लक्षित कार्यक्रम अन्तर्गत तीज विशेष कार्यक्रमबाट दुई लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘तिब्बत-नेपाल सीमाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गर्ने निर्णय गरेका छौं,’ आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष राईले भने, ‘राष्ट्रिय विपदको समयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार एवम् आम नागरिक, नागरिक समाज, संघसंस्था सबैले आआफ्नो स्थानबाट विपद उद्घार कार्य, राहत तथा पुनर्स्थापनामा सहयोग र सहकार्य गर्न आवश्यक छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार