Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निवृत्त राष्ट्रसेवक समाज इलामको अध्यक्षमा कट्टेल

निवृत्त राष्ट्रसेवक समाज इलामको अध्यक्षमा कट्टेल

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १७ २०८३


निवृत्त राष्ट्रसेवक समाज इलामको अध्यक्षमा कट्टेल

फिक्कल । निवृत्त राष्ट्रसेवक समाज इलामको प्रथम जिल्ला अधिवेशनबाट हेमप्रसाद कट्टेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। इलामको करफोक विद्या मन्दिर सुर्योदयमा सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा मेगेन्द्र गौतम, सचिवमा प्रेम सापकोटा , सहसचिव रबिन्द्र तिम्सिना र कोषाध्यक्ष शुष्मा अधिकारी चयन भएकी छन् ।

अधिवेशनले सदस्यहरुमा किरण सुवेदी, कृष्ण प्रसाद रेग्मी, नन्द कुमार गुरुङ, युवराज बस्नेत,र कृष्ण प्रसाद थापालाई चयन गरेको हो। थप मनोनित सदस्य भने बाँकी रहेको जनाईएको छ। अधिवेशनले केश बहादुर राई, प्रकाश चन्द्र शर्मा र भवानी सुवेदी वराललाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको समितिका सदस्य किरण सुवेदीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा सेवा गरेका निवृत्त राष्ट्रसेवकहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरूमा शिक्षक, प्रहरी सेवा तथा निजामती सेवाबाट निवृत्त व्यक्तिहरू रहेको विवरणमा उल्लेख छ। सम्मान पत्र, दोसल्ला र नगद ५ हजार सहित ५ जना निबृत राष्टसेवकलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेहरुमा शिक्षकहरु कमल बहादुर राई (८९), हेमराज शर्मा (८५) सुर्योदय नगरपालिका र कर्ण वहादुर कटुवाल (९७)इलाम नगरपालिका रहेका छन् । त्यस्तै प्रहरी सेवा तर्फबाट निवृत्त भएका बखत बहादुर आङदेम्बे (८०) इलाम नगरपालिका र निजामती सेवा तर्फबाट कमला गुरागाईं माईजोगमाई रहेका छन् ।

निवृत्त राष्ट्रसेवक समाज केन्द्रीय सहअध्यक्ष जय धर्म आचार्यको प्रमुख आतिथ्यतामा, केन्द्रीय सदस्य अर्जुन निरौला र मुक्ति दहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुर्योदय नगरपालिका प्रशासकीय अधिकृत लुना खतिवडा, संगठनका झापा इन्चार्ज मोहन कार्की, मोरङ्ग सचिव जीव प्रसाद जमरकट्टेल, सुर्योदय निवासी भुपेन्द्र राई, करफोक माध्यमिक विद्यालय प्रधानाध्यापक गणेश प्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो।

अधिवेशनले निवृत्त राष्ट्रसेवकहरूको अनुभव, ज्ञान र सीपलाई सामाजिक विकासमा उपयोग गर्ने, उनीहरूको हकहितका विषयमा आवाज उठाउने तथा सदस्यबीच आपसी एकता र सहकार्यलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार