Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पृथ्वी राजमार्ग सञ्चालनमा आयो, बैरेनीमा एकतर्फी

पृथ्वी राजमार्ग सञ्चालनमा आयो, बैरेनीमा एकतर्फी

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १३ २०८३


पृथ्वी राजमार्ग सञ्चालनमा आयो, बैरेनीमा एकतर्फी

काठमाडौं : मुग्लिन सडक सञ्चालनमा आएको छ। शनिबार बिहान ८ बजेपछि काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। धादिङको बैरेनीमा भने एक किलोमिटर सडकमा लेदो हटाउन बाँकी छ। त्यस ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

बुधबार रसुवामा आएको बाढीले त्रिशूली हुँदै धादिङ क्षेत्रमा पनि ठूलो क्षति गरेको थियो। सडकमा लेदो जमेपछि बुधबारदेखि नै सडक बन्द भएको थियो।शुक्रबार बाटोमै फसेका केही सवारी साधनहरू काठमाडौं प्रवेश गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार