इलाम । क्लब ओएसिस इलाम ‘प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ मा सहभागी हुने भएको छ। भदौ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा ओएसिस क्लबले इलामको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएको हो ।
स्पर्श सामाजिक क्लब, गौरादह–झापाको आयोजनामा हुने प्रतियोगिता गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ। विजेता टोलीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपाधिसँगै प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिनेछ। प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर तथा हाई स्कोररतर्फ विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
File Pic : Club Oasis Women Team