इलाम । वैदेशिक रोजगारी सिलसिलामा मलेसियामा इलामको माईजोगमाईका साजन राईको मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–२ (साविक जोगमाई–२) निवासी राईको जोहोरबारुमा मृत्यु भएको हो ।
कोलस्टोरको बिरामी रहेका राईलाई उपचारका लागि मलेसियास्थित एक अस्पतालमा भर्ना गरिएको मलेसियामा रहेका माईजोगमाईका दिवस सोङ्मीले जानकारी दिए । राई ३ बर्ष अघि बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका थिए ।
मृतकको शबलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर नेपाल ल्याउने तयारी गरिएको छ ।