इलाम । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् सन्दकपुरको दोस्रो गाउँ अधिवेशनले श्यामकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। विश्व आदिवासी दिवसको अवसरमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा धन प्रसाद साउदेन र तुलसा देवी गिरि खवास, सचिवमा राजु कुमार तामाङ, सह–सचिवमा पवि गुरुङ र कोषाध्यक्षमा रितुमाया मगर चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा मनिषा राई, रुद्र साउदेन, विरोज बुर्जा मगर र सानू भुजेल खवास चयन भएका छन्। नयाँ कार्यसमितिले सन्दकपुर गाउँपालिकाभित्र रहेका आदिवासी जनजाति समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
रुपेन्द्रराज नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपाालिका उपाध्यक्ष हरि लुङ्गेलीको विशेष आतिथ्यता रहेको थियो । सन्दकपुर–५ का वडाध्यक्ष यज्ञ बहादुर गुरुङ, भक्त थामी लगायतको आतिथ्यता रहेको थियो ।
विश्व आदिवासी दिवसको अवसरमा आयोजित अधिवेशनमा आदिवासी जनजाति समुदायको वर्तमान अवस्था, अधिकार र आगामी कार्यदिशाका विषयमा समेत छलफल गरिएको थियो।