Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको जोगमाईमा खोलाले बगाएर आहानको मृत्यु

इलामको जोगमाईमा खोलाले बगाएर आहानको मृत्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १८ २०८३


इलामको जोगमाईमा खोलाले बगाएर आहानको मृत्यु

फिक्कल । इलामको  माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई बाढीले बगाएर मृत्यु भएको छ । खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहान खत्रीको मृत्यु भएको हो । दाङ घर भएक उनी आफ्नी आमासँग मावलीघरमा थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।

जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत  छुट्टी भएपछि मामाघर फर्कदै गर्दा  स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएर निकै तल जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्‍याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले लोकल सन्देशलाई जानकारी दिए ।

लाश निकाल्न शसस्त्र प्रहरी पर्खिएर बसेको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार