इलाम : सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ७४ लाख २६ हजार ५७१ रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आय र जनसहभागितालाई मुख्य आम्दानीको स्रोत बनाइएको छ ।
आयतर्फ गाउँपालिकाले संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ८ करोड ५८ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ९५ लाख ७१ हजार २९३ रुपैयाँ, संघीय सशर्त चालु अनुदान १६ करोड १ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान ३ करोड २ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ र विशेष अनुदान ७९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।
त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान ७३ लाख ६५ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ४० लाख रुपैयाँ, सशर्त चालु अनुदान ७३ लाख ९० हजार रुपैयाँ र सशर्त पुँजीगत अनुदान १ करोड १२ लाख ३२ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। गाउँपालिकाले आन्तरिक आयबाट ४ करोड ३३ लाख ६८ हजार २७८ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ भने जनसहभागिताबाट १ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ।
यी सबै स्रोतबाट कुल ४७ करोड ७४ लाख २६ हजार ५७१ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। खर्चतर्फ भने गाउँपालिकाले सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ। यस शीर्षकमा २१ करोड ६९ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ । त्यसैगरी सुशासन तथा संस्थागत विकास का लागि ११ करोड ९ लाख ९९ हजार रुपैयाँ, पूर्वाधार विकास का लागि ८ करोड ५३ लाख १० हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापन का लागि ८४ लाख २० हजार रुपैयाँ तथा आर्थिक विकास का लागि ५ करोड ५७ लाख ५५ हजार ५७१ रुपैयाँ विनियोजन गरिएको छ ।
कुल बजेटको संरचना हेर्दा गाउँपालिकाले सामाजिक सेवा, पूर्वाधार निर्माण, सुशासन सुदृढीकरण र स्थानीय आर्थिक गतिविधि प्रवद्र्धनलाई प्राथमिकतामा राखेको देखिन्छ । संघीय सरकारको अनुदानमा उच्च निर्भरता कायम रहे पनि आन्तरिक आम्दानी बढाउने लक्ष्यसमेत बजेटले अघि सारेको छ ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आातिथ्यता रहेको थियो । कार्यक्रममा चालु आर्थिक बर्षको बजेट पुस्तिका जिसस प्रमुख राई गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेली, वडाध्यक्षहरु रहरकुमार राई, लिल बहादुर बुर्जा, सनम राई, यज्ञ बहादुर गुरुङले सार्वजनिक गरे ।
कार्यक्रममा प्रमुख अतिथि राई, रास्वपाका नेता दिपककुमार खतिवडा, नेपाली कांग्रेस सन्दकपुर उपसभापति हरिकृष्ण खतिवडा, नेकपा एमाले अध्यक्ष दिपक गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष खगेन्द्र निरौला, आर्ट अफ लिभिङका जस बहादुर राईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गत २०८२ असोज १७ र १८ गतेको विपदमा राहत तथा उद्धारमा संलग्न संघसंस्था, कर्मचारीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नै शसस्त्र प्रहरी बलमा कार्यरत सगरमाथा आरोही सन्दकपुर–४ की निम डिकी शेर्पा र गिनिज बुक रेकर्ड होल्डर ड्रान्सर तथा कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु) लाई सम्मान समेत गरिएको थियो ।
सार्वजनिक सुनुवाई सम्पन्न
सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम, सेवा प्रवाह तथा बजेट कार्यान्वयनबारे आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका छन् । कार्यक्रममा नेत्र प्रसाद रिजाल, नन्दकुमार मगर, प्रकाश पराजुली, दिपककुमार खतिवडा, उषा खनाल, धन प्रकाश राई, सन्जिव फागो, दिनेश सुवेदी, रुपेन्द्रराज नेम्वाङ र धनप्रसाद लिम्बुले गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन, योजना सञ्चालन तथा समग्र स्थानीय शासनसँग सम्बन्धित विषयमा प्रश्न राखेका थिए ।
उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बु तथा लेखा शाखा प्रमुख युवराज नेपालले दिएका थिए। उनीहरूले गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च, विकास निर्माणका उपलब्धि तथा आगामी सुधारका योजनाबारे जानकारी गराउँदै स्थानीयले उठाएका जिज्ञासाको स्पष्टिकरण दिएका थिए ।
कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख युवराज नेपालले गत आर्थिक बर्षमा विभिन्न शाखाहरुबाट भएका कार्यसम्पादनको बारेमा प्रस्तुतीकरण गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय नागरिकलाई गाउँपालिकाको कामकारबाहीबारे प्रत्यक्ष जानकारी लिने, सुझाव दिने तथा जनप्रतिनिधि र कर्मचारीसँग खुला रूपमा प्रश्न–उत्तर गर्ने अवसर प्रदान गरेको