Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘साउनको महिना’ सार्वजनिक, सुनिल पराजुलीको नयाँ गीत दर्शकमाझ

‘साउनको महिना’ सार्वजनिक, सुनिल पराजुलीको नयाँ गीत दर्शकमाझ

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १८ २०८३


‘साउनको महिना’ सार्वजनिक, सुनिल पराजुलीको नयाँ गीत दर्शकमाझ

इलाम । गायक तथा गीतकार सुनिल पराजुलीको नयाँ नेपाली गीत ‘साउनको महिना’ सार्वजनिक भएको छ। साउन महिनाको प्राकृतिक सौन्दर्य, प्रेम र भावनालाई समेटेर तयार गरिएको गीत युट्युबमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।

गीतमा सुनिल पराजुलीको स्वर र शब्द रहेको छ भने निर्देशन सङ्कोच श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा सङ्कोच श्रेष्ठ र पुपुना प्रधानको अभिनय रहेको छ। गीतको एरेन्जमेन्ट सन्दीप प्रधानले गरेका हुन् भने पोस्ट–प्रोडक्सनको काम इलामस्थित शिखर प्रोडक्सन हाउसले गरेको छ।

साउन महिनालाई बर्खा यामको सबैभन्दा रंगीन समयका रूपमा चित्रण गर्दै गीतमा हरियालीले ढाकिएका वन–जंगल, खेतबारी, डाँडाकाँडा र नेपाली समाजको मौलिक संस्कृतिलाई प्रस्तुत गरिएको छ।

विशेषगरी साउनमा नेपाली महिलाले हरियो र पहेँलो रङका पोसाक, हरियो चुरा, पोतेलगायतका परम्परागत गहनाले सिंगारिने चलनलाई गीत र म्युजिक भिडियोमा कलात्मक रूपमा उतारिएको छ। यस्ता सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्दै संरक्षण गर्ने उद्देश्यले गीत निर्माण गरिएको गायक पराजुलीले बताएका छन्।‘

साउनको महिना’ पराजुलीको पाँचौँ सांगीतिक एल्बम ‘पप माला  अन्तर्गतको पहिलो गीत हो। एल्बमका अन्य गीतहरू पनि क्रमशः सार्वजनिक गरिने तयारी रहेको जनाइएको छ।

सार्वजनिक भएपछि गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतका निर्माण टिमले दर्शक तथा श्रोतालाई गीत हेरेर आफ्ना प्रतिक्रिया दिनुका साथै लाइक, कमेन्ट र सेयरमार्फत साथ र हौसला प्रदान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार