Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलामलाई हराउँदै विर्तामोड युनाइटेड फाइनल प्रवेश

रेडहर्स इलामलाई हराउँदै विर्तामोड युनाइटेड फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन १५ २०८३


रेडहर्स इलामलाई हराउँदै विर्तामोड युनाइटेड फाइनल प्रवेश

रेडहर्स फुटबल क्ल्ब इलामलाई हराउँदै विर्तामोड युनाइटेड प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । काँकरभिट्टा खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा इलामको रेड हर्स एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै बिर्तामोड उपाधिनजिक पुगेको हो ।

विर्तामोडको जितमा आशिष चापागाईले २ गोल गरे । इलामका सांगे शेर्पाले १ गोल फर्काए । अब बिर्तामोडले उपाधिका लागि साउन १६ गते शनिबार एपीएफ पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ गोरहित बराबरी सकिएको खेलमा ३ वटै गोल दोश्रो हाफमा हुन पुगेको हो ।

बिर्तामोडलाई फाइनल पु¥याउन निर्णायक भूमिका खेलेका दुई गोलकर्ता आशिष चापागाईं प्लेयर अफ द म्याच घोषित भए। उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’ लगायतले नगद रु. २,५०० सहित ट्रफी प्रदान गरे ।

नेपाल र भारतका आठ टोली सहभागी प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ५० हजार ५५० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार