इलाम । सन्दकपुर गाउँपालिकाले जारी गरेको ‘थेवे (लिम्बू) किपट प्रथाजनित संरक्षित वन, जैविक विविधता ९वन, वातावरण, पर्यावरण० संरक्षण तथा पर्यापर्यटन ऐन, २०८१’ को परिच्छेद–४ बमोजिम तुम्याहाङ परिषद् गठन गरिएको छ। गठित परिषद्को अध्यक्षमा रुद्र बहादुर थेवे, उपाध्यक्षमा जेनिसा थेवे, सचिवमा देवकुमार साउदेन, सह–सचिवमा उदय थेवे तथा कोषाध्यक्षमा सोनिया थेवे चयन भएका छन्।
त्यसैगरी परिषद्का सदस्यहरूमा भिमबहादुर थेवे, रामबहादुर राई, साजे शेर्पा, टिकबहादुर गुरुङ, दालबहादुर गुरुङ, यत्रबहादुर गुरुङ, रितमाया मगर, धनप्रसाद खवास, पवन भट्टराई र कुलप्रसाद थेवे रहेका छन्। गाउँपालिकाले ऐनमार्फत थेवे (लिम्बू) किपट क्षेत्रमा रहेका प्राकृतिक स्रोत, वन, जैविक विविधता, सांस्कृतिक सम्पदा तथा परम्परागत ज्ञानको संरक्षण गर्दै स्थानीय समुदायको सहभागितामा दिगो व्यवस्थापन र पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ।
परिषद्ले ऐनमा उल्लेखित व्यवस्था कार्यान्वयन, संरक्षण कार्यक्रम सञ्चालन तथा स्थानीय समुदायबीच समन्वय गर्ने प्रमुख जिम्मेवारी वहन गर्ने विश्वास गरिएको छ। परिषद्ले थेवे (लिम्बू) समुदायको परम्परागत किपट प्रणाली, जैविक विविधता, वन तथा वातावरण संरक्षणसँगै पर्यापर्यटनको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।