Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

६ लाख घुस लिँदै चुलाचुलीका इन्जिनियर पक्राउ

६ लाख घुस लिँदै चुलाचुलीका इन्जिनियर पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, असार ३१ २०८३


६ लाख घुस लिँदै चुलाचुलीका इन्जिनियर पक्राउ

इलाम । इलामको चुलाचुली गाउँपालिका मा कार्यरत इन्जिनियर (छैटौं) डिल्ली राज खड्का घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई  ६ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार खड्कालाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट मंगलबार नियन्त्रणमा लिइएको हो। नियन्त्रणका क्रममा उनको साथबाट रु। ६ लाख नगद समेत बरामद गरिएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। अख्तियारले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार