Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

काकरभिट्टा च्याम्पियन्स कप : रेडहर्स इलामको प्रतिद्धन्द्धी कञ्चनजंघा भारत

काकरभिट्टा च्याम्पियन्स कप : रेडहर्स इलामको प्रतिद्धन्द्धी कञ्चनजंघा भारत

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ३० २०८३


काकरभिट्टा च्याम्पियन्स कप : रेडहर्स इलामको प्रतिद्धन्द्धी कञ्चनजंघा भारत

इलाम । झापाको मेचीनगरमा आयोजना हुने काकरभिट्टा च्याम्पियन्स कप-२०८३ मा इलामको रेडहर्स फुटबल क्लबले भारतको कञ्चनजंघा एफसीसंग प्रतिस्पर्धा गर्नेछ । आयोजक काकरभिट्टा युवा क्लबले सार्वजनिक गरेको खेल तालिका (टाइ–सिट) अनुसार अन्तिम क्वाटरफाइनल खेलमा साउन १२ गते रेडहर्सले केएफसी प्रतिद्धन्द्धी पाएको हो ।

प्रतियोगिता श्रावण ९ गतेदेखि १६ गतेसम्म मेचीनगर–६ स्थित काकरभिट्टा खेल मैदानमा सञ्चालन हुनेछ । खेल तालिकाअनुसार उद्घाटन खेलमा साउन ९ गते विभागीय टोली एपीएफ क्लब र धरान फुटबल क्लब, सुनसरी बीच प्रतिस्पर्धा हुनेछ । साउन १० गते बिर्तामोड युनाइटेड ले भारतको जीएफसी कालिम्पोङ विरुद्ध मैदान उत्रिनेछ ।

यस्तै साउन ११ गते काकरभिट्टा युवा क्लब (केवाईसी) र उर्लाबारी, मोरङ बीच खेल हुनेछपहिलो सेमिफाइनल श्रावण १३ गते पहिलो र तेस्रो क्वार्टरफाइनलका विजेताबीच हुनेछ भने दोस्रो सेमिफाइनल श्रावण १४ गते दोस्रो र चौथो क्वार्टरफाइनलका विजेताबीच हुनेछ ।

प्रतियोगिताको उपाधिका लागि फाइनल खेल श्रावण १६ गते आयोजना गरिनेछ । विजेताले १ लाख १ हजार १ सय रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार