Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड 

एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड 

  • सन्देश सम्वाददाता
  • आइतबार, असार २८ २०८३


एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड 
  • फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाविरुद्धको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलो डाइभ गरेको भन्दै रातो कार्ड पाउँदै बाहिरिएका छन्।
  • एम्बोलो रातो कार्डमा बाहिरिएसँगै स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको छ।
  • यसअघि ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा फर्काएका थिए भने अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए।
इलाम  । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाविरुद्धको क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको छ। खेलको ६८औँ मिनेटतिर स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलोले पेनाल्टी क्षेत्रभित्र डाइभ गरेको भन्दै रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाए।  दोस्रो पहेँलो कार्डसँगै उनले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको हो।
यसअघि खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काएका थिए। अर्जेन्टिनाले भने १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो।  उक्त गोलका लागि कप्तान लियोनेल मेस्सीले असिस्ट प्रदान गरेका थिए।
अब एक खेलाडी बढी भएको अर्जेन्टिनाले बाँकी समयको फाइदा उठाउँदै निर्णायक गोलको खोजी गर्नेछ भने १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड बराबरी जोगाउँदै खेललाई अतिरिक्त समयमा लैजाने प्रयासमा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार