Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चियाको समस्या समाधान होला ?

चियाको समस्या समाधान होला ?

  • सन्देश सम्वाददाता
  • आइतबार, असार २८ २०८३


चियाको समस्या समाधान होला ?

पूर्वी नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको चिया क्षेत्रलाई नै धरासायी बनाउने उद्धेश्यले भारतले विभिन्न अवरोध सिर्जना गर्दै आएको छ । यस वर्ष पनि चिया क्षेत्रमा नयाँ नियम लगाएपछि इलामका चिया उद्योगीले असार १ गतेबाट र झापाका चिया उद्योगीले असार ४ गतेबाट उद्योग नै बन्द गरेका थिए ।

त्यस लगत्तै सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि पहल शुरु गरेको थियो । सरकारले पहल शुरु गरेसंगै असार ११ गतेबाट भने झापा र इलामका ८३ उद्योग सञ्चालनमा आएका थिए । चिया उद्योगीहरुको दिर्घकालिन समस्या समाधान गर्ने सरकारले प्रतिबद्धता जनाएपछि उद्योगहरु खेलेका थिए ।

यसैबीच चिया क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि के गर्न सकिन्छ तथा समग्र निर्यात प्रवद्र्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ । मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलले तीव्र गतिमा काम गर्दै केवल दुई साताको छोटो अवधिमा प्रतिवेदन तयार पारी मन्त्री यादवलाई हस्तान्तरण गरेको हो ।

नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र त्यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्ने उद्देश्यका साथ कार्यदलले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरू सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार तथा निर्यातमा देखिएका नीतिगत र व्यावहारिक अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन् ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रफलबाट दुई करोड ६१ लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन भएको थियो। उत्पादित चियामध्ये ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ५९९ मेट्रिक टन चिया निर्यात भएकोमा ८६।७७ प्रतिशत हिस्सा भारततर्फ मात्रै गएको छ, जसले नेपाली चिया निर्यात भारतमा अत्यधिक निर्भर रहेको देखाउँछ ।

तर, भारत सरकारको टी बोर्डले १ मे २०२६ देखि अनिवार्य गुणस्तर परीक्षणसम्बन्धी नयाँ निर्देशिका ९एसओपी० तथा –एफएसएसएटी० को परिपत्र लागू गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ । प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, चर्को परीक्षण शुल्क तथा सीमामा हुने रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुरको जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परेको प्रतिवेदनले औँल्याएको छ ।

नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार र निर्यातमा देखिएका नीतिगत तथा व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझाव प्राथमिकता साथ कार्यान्वयन गरिने बताइन् ।

भारतले विभिन्न बहाना बनाएर वर्षेनी नेपाली चियामा अवरोध गर्दै आए पनि सरकारले तेस्रो देश निर्यातका लागि ठोस कदम चाल्न नसक्दा नेपाली चिया उद्योगीहरु भारतकै भर पर्नुपर्ने अवस्थामा रहँदै आएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार