Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

राँके स्मृति फुटबल प्रतियोगिता : गिताङ, ड्राइभर एफसी र थ्री लिप्स जमुना विजयी

राँके स्मृति फुटबल प्रतियोगिता : गिताङ, ड्राइभर एफसी र थ्री लिप्स जमुना विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २७ २०८३


राँके स्मृति फुटबल प्रतियोगिता : गिताङ, ड्राइभर एफसी र थ्री लिप्स जमुना विजयी

इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा जारी राँके स्मृति फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न तीन खेलमा गिताङ एफसी, ड्राइभर एफसी र थ्री लिप्स जमुनाले जित हात पारेका छन्। शनिबार भएको पहिलो खेलमा गिताङ एफसीले बौद्धमार्गलाई २–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो।

दोस्रो खेलमा टोड्के झर्ना निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि ड्राइभर एफसीले वाकओभर पाउँदै सहज रूपमा अर्को चरणमा प्रवेश गरेको छ। तेस्रो रोमाञ्चक खेलमा थ्री लिप्स जमुनाले दि योङ ब्रदर्शलाई सडनडेथमा पराजित गर्दै विजयी यात्रा कायम राख्यो।

निर्धारित समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएपछि खेल टाइब्रेकर हुँदै सडनडेथसम्म पुगेको थियो, जहाँ थ्री लिप्स जमुनाले बाजी मार्दै बिजयी बनेको हो । प्रतियोगिताको खुल्लातर्फ २४ टोलीको सहभागिता रहेको छ भने भेट्रान्सतर्फ १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

आयोजकका अनुसार आइतबारदेखि भेट्रान्सतर्फका खेलहरू सुरु हुनेछन्। सेभेन–ए–साइड ढाँचामा सञ्चालन भइरहेको प्रतियोगिताको खुल्लातर्फ विजेताले ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५ सय रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै भेट्रान्सतर्फ विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार