Local Sandesh शुक्रबार, साउन २९ २०८३
  • ट्रेण्डिङ :

रोङ गाँउपालिकामा जिल्ला स्तरीय न्यायिक कार्य प्रक्रियावारे अन्तरक्रिया सम्पन्न

रोङ गाँउपालिकामा जिल्ला स्तरीय न्यायिक कार्य प्रक्रियावारे अन्तरक्रिया सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार २६ २०८३


रोङ गाँउपालिकामा जिल्ला स्तरीय न्यायिक कार्य प्रक्रियावारे अन्तरक्रिया सम्पन्न

इलाम । रोङ गाउँपालिकामा जिल्लास्थरीय न्यायिक समितिका सदस्यहरूले इलाम जिल्ला स्तरीय न्यायिक कार्य प्रकृयावारे अन्तरकृया कार्यक्रम विहिवार आयोजना गरे। कार्यक्रममा न्यायिक कार्यसम्पादन, मेलमिलाप प्रक्रियामा देखिएका चुनौतीरसुधारका अवसर, समुदायसँगको समन्वय र सञ्जालको भूमिकाबारे विस्तृत छलफल भएको छ।

कार्यक्रमका प्रमुख अतिथि रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्वोले कृषी, शिक्षा, पशुपालन, स्वास्थ्य जस्ता क्षेत्रहरूसँग पनि मेलमिलापलाई जोड्नुपर्ने तर निचोड नै महत्वपूर्ण हुने कुरा जोड दिए। उनले पीडितले अपेक्षा गरेअनुसार न्यायमा सहज पहुँच उपलब्ध गराउन सञ्जालले निर्वाह गरेको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा बल दिए, तर समुदायमा विवाद नै निस्कन नदिने प्रवृत्तिमा पनि संस्था काम गरोस भनेर प्रेरित गरे।  प्रमुख अतिथि तथा सहभागीहरुले एक अर्काका सफल अभ्यास अन्य पालिकाका लागि मार्गदर्शन बन्ने सकारात्मक पक्ष भएको बताउँदै न्यायिक प्रक्रिया निष्पक्ष, पारदर्शी र नागरिकमैत्री भएको जनाए।

विशेष अतिथि दुर्गा बराल, इलाम नगरपालिका उपप्रमुख विष्णु लिम्बु दहाल, माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु लावती, माङसेबुङ गाउँपालिका उपाध्यक्ष प्रविना राई, फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राई लगायत अन्य सरोकारवालाहरूले एक पालिकामा भएका सफल अभ्यास अन्य पालिकामा मार्गदर्शन बन्ने दृष्टिले सकारात्मक प्रभाव परेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदाशले जाहेरीको प्रकृतिको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

सहजीकरण गर्दै अधिवक्ता मन कुमार वराईलीले सञ्जालको काम, कर्तव्य र औचित्य स्पष्ट पारेका छन् मानव अधिकार मञ्च नेपाल इलामका निर्देशक देवेन्द्र विश्वकर्माले मेलमिलाप प्रकृयामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकमा सहभागीहरूले स्थानीय तहमा देखा पर्ने विवाद, मनमुटाव र वैमनस्यतालाई शान्त, न्यायपूर्ण र सहमतिका आधारमा टुङ्ग्याउन मेलमिलापकर्ताहरूले दुई पक्षलाई सुन्ने, समान व्यवहार गर्ने र निष्पक्षता कायम राख्ने भूमिकालाई अझ मजबुत बनाउनुपर्नेमा एकमत भएका छन्।

बैठक तीन महिनामा एकपटक आयोजना हुने व्यवस्था रहेको छ, सुर्योदय नगरपालिका बाट सुरु भएको यो श्रृंखला अहिले इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माई नगरपालिका, फाकफोकथुम, चुलाचुली, माङसेबुङ हुँदै रोङ गाउँपालिकामा सम्पन्न भएको छ। आगामी असोजमा देउमाई नगरपालिका मा अर्को बैठक राख्ने प्रस्ताव गरिएको छ।

कार्यक्रम रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासको अध्यक्षता, गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्वोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन रोङ गाउँपालिका कर्मचारी अमिस भुजेल र स्वागत मन्तव्य न्यायिक समिति सदस्य वल वहादुर तामाङले गरेका थिए । सहभागीहरुलाई रोङ गाउँपालिकाले गुन्द्रुक, हातेचिया पत्ति र करेलाको सुकुटीजस्ता स्थानीय उत्पादनबाट बनेका उपहारहरू प्रदान गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार