Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

शान्तिचोक टोलद्धारा खेलाडी सुमना उराँउ र प्रशिक्षक प्रदीप नारायण सैजु सम्मानित

शान्तिचोक टोलद्धारा खेलाडी सुमना उराँउ र प्रशिक्षक प्रदीप नारायण सैजु सम्मानित

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १६ २०८३


शान्तिचोक टोलद्धारा खेलाडी सुमना उराँउ र प्रशिक्षक प्रदीप नारायण सैजु सम्मानित

फिक्कल :  सूर्योदय नगरपालिका–८ शान्तिचोक स्थित श्री शान्ति टोल विकास संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कराते खेलमार्फत क्षेत्रको नाम उच्च राख्न योगदान पुर्‍याएका खेलाडी सुमना उराँउ र प्रशिक्षक प्रदीप नारायण सैजु लाई सम्मान गरेको छ। संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि जङ्ग गुरुङले खेलाडी र प्रशिक्षकलाई सम्मानपत्रसहित खेल सामग्री प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गरे।

राष्ट्रिय प्रतियोगितामा पदक जित्दै कोशी प्रदेशबाट प्रतिनिधित्व गरेकी खेलाडी सुमना उराँउ लाई उत्कृष्ट खेल प्रदर्शनका लागि सम्मान गरिएको हो। त्यस्तै, विभिन्न देशमा नेपालबाट सहभागी हुँदै खेलमा निर्णायक भुमिका निर्वाह गरेका तथा फिक्कल मेन डोजोबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशिक्षक प्रदीप नारायण सैजु लाई पनि विशेष सम्मान गरिएको थियो।

सम्मानपछि प्रशिक्षक सैजुले आगामी दिनमा पनि यस क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ निरन्तर प्रशिक्षण जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै खेलाडीहरूको मनोबल बढाउन स्थानीय सरकार, संघसंस्था तथा समुदायबाट निरन्तर साथ, सहयोग र हौसला प्राप्त हुने अपेक्षा रहेको बताए।

कार्यक्रम मनबहादुर लाप्चाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय खेलप्रेमी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार