Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको माईखोलामा ट्रक दुर्घटना, चालक सकुशल

इलामको माईखोलामा ट्रक दुर्घटना, चालक सकुशल

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १५ २०८३


इलामको माईखोलामा ट्रक दुर्घटना, चालक सकुशल

इलाम : इलाम नगरपालिका–९ राजदुवालीस्थित मेचिराजमार्गमा गोलिया लोड गरेको ट्रक दुर्घटनामा परेको छ। आज अपराह्न करिब ३:५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३८७३ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) उत्तमबहादुर भुजेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। ट्रक चालक झापा जिल्ला, मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय प्रकाश तिम्सिना सकुशल रहेका छन्।

दुर्घटनाको कारण र ट्रकमा भएको क्षतिको विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार