Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वन्यजन्तु मैत्री पर्यटन प्रवद्र्धन र मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण सम्बन्धि अभिमुखिकरण तालिम

वन्यजन्तु मैत्री पर्यटन प्रवद्र्धन र मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण सम्बन्धि अभिमुखिकरण तालिम

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार १२ २०८३


वन्यजन्तु मैत्री पर्यटन प्रवद्र्धन र मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण सम्बन्धि अभिमुखिकरण तालिम
सन्दकपुर (कालपोखरी) । इलामको सन्दकपुर–४ कालपोखरी बजारमा वन्यजन्तु मैत्री पर्यटन प्रवद्र्धन र मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । रेडपाण्डा पर्यटन प्रवद्र्धन हुँदै आएको सन्दकपुर गाउँपालिकाको कालपोखरी क्षेत्रमा होटल, होमस्टे, गाइड, पोटर, सामुदायीक वन उपभोक्ता समितिका उपभोक्ता, पदाधिकारी र पर्यटक बोक्ने गाडी चालकहरुको उपस्थितिमा तालिम सम्पन्न भएको हो ।
सब–डिभिजन वन कार्यालय सूर्योदय नगरपालिका पशुपतिनगर इलामको आयोजना र विज्ञापन एजेन्सी नेपाल प्रा. लिको सहकार्यमा तालिम समापन भएको हो । सन्दकपुर गाउँपालिकाल वडा नं ४ का वडा सदस्य दिपक राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आतिथ्यता भएको तालिममा सब–डिभिजन वन कार्यालय सुर्योदय नगरपालिका पशुपतिनगरका प्रमुख रमेश भारद्धज सिवाकोटी र पर्यटनकर्मी सुजन तिमसिनाले सहजिकरण गरेका थिए ।
तालिममा सब–डिभिजन वन कार्यालय सुर्योदय नगरपालिका पशुपतिनगरका प्रमुख रमेश भारद्धज शिवाकोटीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको महत्व, मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण र नेपालमा पाइने महत्वपूर्ण वन्यजन्तु, स्तनधारी र सरिसृपको महत्वको बारेमा सहजीकरण गरेका थिए ।
तालिममा केचना कंचनजंघा पर्यटन विकास समितिका निवर्तमान बोर्ड सदस्य सुजन तिमसिनाले नेपालको पर्यटन विकासमा वन्यजन्तुको महत्वको बारेमा सहजिकरण गरेका थिए । तालिममा सहभागिले रेडपाण्डा पर्यटन व्यवस्थित गर्न गाउँपालिका र सरोकार राख्ने निकायले रेडपाण्डा हेर्नका लागि नयाँ नियम बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोन्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले सन्दकपुर पर्यटन विकासका लागि रेडपाण्डाको संरक्षणका लागि लगानी बढाउने बताए । तालिममा सन्दकपुर गाउँपालिका वन वातावरण समितिका सभापति सनम राई, प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार