Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र फाकफोकथुमको अध्यक्षमा घतानी

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र फाकफोकथुमको अध्यक्षमा घतानी

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ९ २०८३


आप्रवासी कामदार हकहित संरक्षण केन्द्र फाकफोकथुमको अध्यक्षमा घतानी

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको फाकफोकथुम स्तरीय प्रथम अधिवेशन आज फाकफोकथुम गाउँपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ। केन्द्रका जिल्ला अध्यक्ष नबिन सुन्दर सेर्मा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट लक्ष्मण घतानीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समिति सदस्य नरमाया कामीले जानकारी दिइन

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लिला बहादुर लिम्बु, सचिवमा बहादुर बागदास, सहसचिवमा देवीप्रसाद खनाल तथा कोषाध्यक्षमा पुष्पा कोइराला चयन भएकी छन् । त्यसैगरी सदस्यहरूमा चनामाया मगर, अमृता नेपाली, लोकप्रसाद ढकाल, राजविक्रम लिम्बु, भूपाल भण्डारी र गजेन्द्रकुमार राई सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रममा अधिवेशन संयोजक देउबहादुर राईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ कार्यसमितिलाई संस्थाको आय–व्यय विवरण तथा आवश्यक कागजातहरू हस्तान्तरण गरेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार