Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

किन असार १ गतेबाट सूर्योदयका चिया उद्योगहरु बन्द हुँदैछन् ?

किन असार १ गतेबाट सूर्योदयका चिया उद्योगहरु बन्द हुँदैछन् ?

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ३० २०८३


किन असार १ गतेबाट सूर्योदयका चिया उद्योगहरु बन्द हुँदैछन् ?

इलाम । भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण नेपाली अर्थोडक्स चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएपछि सूर्योदय क्षेत्रका चिया उद्योगीले असार १ गतेदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय पक्षले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चियाको निर्यात प्रक्रिया अवरुद्ध भएको जनाएको छ। गुणस्तर परीक्षण, प्रयोगशाला प्रतिवेदन प्राप्तिमा ढिलाइ तथा भारतीय गोदाममा चिया रोकिँदा उद्योगहरू गम्भीर आर्थिक संकटमा परेको विज्ञप्तिमा उल्लेख छ।

एसोसिएसनका अनुसार हाल करिब २ लाख किलोग्राम तयारी चिया भारतीय गोदाममा रोकिएको छ भने नेपालका उद्योगहरूमा थप १० लाख किलोग्रामभन्दा बढी तयारी चिया बिक्री हुन नसकी थन्किएको छ।

भारतीय चिया बोर्डले परीक्षणका लागि पठाइएका नमुनाको प्रतिवेदनसमेत लामो समयसम्म उपलब्ध नगराउँदा निर्यात पूर्ण रूपमा प्रभावित भएको उद्योगीहरूको भनाइ छ। निर्यात ठप्प भएपछि उद्योगीहरूले किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ।

यही संकटका कारण आगामी असार १ गतेदेखि समस्या समाधान नभएसम्म सूर्योदय क्षेत्रका सम्पूर्ण चिया उद्योग अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार