Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईखोलामा बेपत्ता मालिङ्गे माईला मृत अवस्थामा फेला

माईखोलामा बेपत्ता मालिङ्गे माईला मृत अवस्थामा फेला

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ३० २०८३


माईखोलामा बेपत्ता मालिङ्गे माईला मृत अवस्थामा फेला

इलाम । माई नगरपालिका–८, कलकत्ते देवीथानका करिब ६५ वर्षीय पदमबहादुर योङहाङ (मालिङ्गे माईला) माईखोलामा मृत अवस्थामा फेला परेका छन्।

उनी गत जेठ २८ गते अपराह्न करिब ३ बजे तिर्तिरे कोदोबारी क्षेत्रबाट माईखोलामा बेपत्ता भएका हुन् । उनको खोजीका लागि स्थानीयवासीले तीन टोली गठन गरी खोजी अभियान सञ्चालन गरेका थिए।

खोजीमा खटिएको केशव तामाङ नेतृत्वको दोस्रो टोलीले आज दोमुखा ड्यामबाट करिब ५० मिटर माथिल्लो भागमा माईखोलाको किनारमा योङहाङको शव फेला पारेको हो।

घटनाबारे जानकारी दिँदै माई नगरपालिका–८ का युवा वडा सदस्य शेरबहादुर बस्नेतले शवको कानुनी प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापनका लागि टोली त्यसतर्फ गएको बताए। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार