Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

लान्छना र भेदभाव सम्बन्धी जनचेतना कार्यक्रम माईमा सम्पन्न

लान्छना र भेदभाव सम्बन्धी जनचेतना कार्यक्रम माईमा सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २१ २०८३


लान्छना र भेदभाव सम्बन्धी जनचेतना कार्यक्रम माईमा सम्पन्न

माई : एचआईभी/एड्समा आधारित लान्छना तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम माई नगरपालिकाका चार स्थानमा सम्पन्न भएका छन्। इलाम पोजेटिभ ग्रुप इलामको आयोजना र माई नगरपालिका इलामको सहयोगमा सम्पन्न सचेतना कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले रोग लाग्नु ठूलो कुरा नभएको भन्दै यसलाई रोकथाम गर्न सकिने भएकाले आफू पनि बच्न र अरूलाई पनि बचाउन आग्रह गर्दै लान्छना तथा भेदभाव गर्न नहुने बताए।

नगर प्रमुख लिम्बुले एचआईभी पोजेटिभ विभिन्न माध्यमबाट सर्न सक्ने बताउँदै लान्छना तथा भेदभाव कसैले कसैलाई गर्न नहुने बताए। मेयर लिम्बुले आयोजकद्वारा सञ्चालित कार्यक्रम नै स्वस्थ जीवनको आधार रहेको बताए। उनले यस प्रकारका जनचेतनामूलक कार्यक्रमलाई माई नगरले फेरि पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

इलाम पोजेटिभ ग्रुपका अध्यक्ष भुमा देवी खड्काको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रम माई नगरपालिकाको सभाहल, कन्काई माध्यमिक विद्यालय माई–२ सितली, लक्ष्मी आदर्श माध्यमिक विद्यालय माई–८ विष्णेटार र वीरेन्द्र माध्यमिक विद्यालय माई–७ कप्परसुक्कामा सम्पन्न भएको थियो।

माध्यमिक तहस्तरीय विद्यार्थीहरूको सहभागिता रहेको सचेतना कार्यक्रमलाई राधेश्याम यादव, डिल्ली नेपाल, कृष्ण गुरुङ र सरस्वती किसानले सहजीकरण गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार