Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा ‘थुम्के कविता उत्सव–२०८३’ आयोजना हुने

इलाममा ‘थुम्के कविता उत्सव–२०८३’ आयोजना हुने

  • सन्देश सम्बाददाता
  • मंगलबार, जेष्ठ १९ २०८३


इलाममा ‘थुम्के कविता उत्सव–२०८३’ आयोजना हुने

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ‘थुम्के कविता उत्सव–२०८३’ आयोजना हुने भएको छ। थुम्के साहित्यिक समूह, माईजोगमाईको आयोजनामा हुने उक्त उत्सवले देशभरका साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूलाई एकै थलोमा जमघट गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कविता, कला, संस्कृति र सिर्जनात्मक अभिव्यक्तिको संगमका रूपमा रहने उत्सवमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। उत्सवलाई माईजोगमाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने अमर कल्याण नमुना माध्यमिक विद्यालय, नयाँबजारले व्यवस्थापनको जिम्मेवारी लिएको छ । आयोजकका अनुसार ‘थुम्के कविता उत्सव–२०८३’ को मुख्य आकर्षण कविता वाचन तथा साहित्यिक अन्तरक्रिया रहनेछ।

साथै, कार्यक्रममा प्रतिष्ठित साहित्यकार, स्रष्टा तथा साहित्य अनुरागीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। उत्सवमार्फत स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गर्नुका साथै नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार