इलाम । इलाम जिल्ला अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि डिफेन्डिङ च्याम्पियन जुविलेन्ट इलाइट एकेडेमी र स्वर्णिम मोडल एकेडेमी भिड्ने भएका छन् । दुवै टिम ग्रुप च्याम्पियन बन्दै उपाधिका लागि भेट भएका हुन् ।
सिरिसे माध्यमिक विद्यालय माईजोगमाईलाई २५ रनले हराउँदै जुविलेन्टले स्वर्णिमसंगको उपाधि भेट पक्का गरेको हो । टस जितेर ब्याटिङ गरेको जुविलेन्टले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११८ रनको मध्यम लक्ष्य पेश गरेको थियो ।
जुविलेन्टका लागि उसल खजुमले सर्वाधिक ४५ रनको योगदान गरे । ३८ बलको सामना गर्दै उनले १ छक्का र ९ चौका प्रहार गरे । सिमाने भट्टराईले ११ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जुबिलेन्टले ३६ रन अतिरिक्त पाएको थियो ।
सिरिसेका दिपेश गुरुङले २ विकेट लिए । अदिप लिम्बु, दिप्सन खड्का, नितेश बुढाथोकी र सुसन तिवारीले समान १/१ विकेट लिए । ११९ रनको लक्ष्य लिएर मैदान उत्रिएको सिरिसेले २० ओभरमा ९३ रन मात्र बनाउन सक्यो । सिरिसेका सम्योग नेपालले सर्वाधिक १३ रन बनाए । अदिप्त लिम्बुले १२ रन बनाए ।
सुसन तिवारी र हेमन्त तिवारीले समान १०/१० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिरिसेको ब्याटिङ लाइन धरासायी बनउन क्रिस्टियानो श्रृेष्ठले ७ रन खर्चदै ३ विकेट लिए । प्रियस राई, सक्षम राई, सिमोन भट्टराई, उसल खजुम र रेगन खत्रीले समान १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच जुुबिलेन्टका बलर क्रिस्टियानो श्रेष्ठ घोषित भए ।
लिग चरणको अन्तिम खेलमा सिरिसेले अमर माध्यमिक बरबोटेलाई ८ विकेटले पराजित गरेको छ । अमर माविले टस जितेर सुरुवाती ब्याटिङ गरेको थियो । अमर माबिले १३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ४६ रन मात्र बनाउन सक्यो । अमर माविका लागि ओपनर पुकार तामाङ र एल्सन खत्रीले सर्वाधिक ७/७ रन बनाए । अन्य ब्याटरले व्यक्तिगत ५ रन समेत बनाउन सकेनन् ।
अमर माबिले २३ रन अतिरिक्त पाएको थियो । अमरको ब्याटिङलाइन धरासायी बनाउन नितेश बुढाथोकीले ४ विकेट लिए । ३ ओभर ४ बल गरेका उनले २ मेडन राख्दै १० रन दिएका थिए । आफन्त लिम्बुले ३ र दिपशन खड्काले २ विकेट लिए । ४७ रनको सामान्य लक्ष्य पछ्याएको सिरिसेले ६ ओभर १ बलमा लक्ष्य भेटायो ।
सिरिसेका लागि आफन्त लिम्बुले सर्वाधिक १८ र अंकित लिम्बुले १६ रन बनाए । अमरका सुशिल खत्री र साजन ठाकुरले १÷१ विकेट लिए । सिरिसेका आफन्त लिम्बु प्लेयर अफ द म्याच चुनिए । फाइनल खेल जेष्ठ १९ गते हुनेछ ।