Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलामको पोष्टमा दार्जिलिङको ४ गोल

रेडहर्स इलामको पोष्टमा दार्जिलिङको ४ गोल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १५ २०८३


रेडहर्स इलामको पोष्टमा दार्जिलिङको ४ गोल

इलाम । रेडहर्स फुटबल क्लब इलाम माथि ४–० गोल अन्तरको फराकिलो जितसंगै दार्जिलिङ एफसी प्रथम चाराली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । दार्जिलिङको जितमा सलोन थापाले २ गोल गरे ।

प्रिविक घिसिङ र प्रियांसु रानाले समान १/१ गोल गरे । खेलमा सुरुवातबाटै दबाब बनाएको दार्जिलिङले २१ औ मिनेटमा अग्रता बनाएको थियो । पेनाल्टी एरियाबाट पाएको अवसरलाई प्रिविक घिसिङले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको इलामले दोश्रो हाफमा थप ३ गोल व्यहोर्न पुग्यो । ६० औ मिनेटमा सलोन थापाले अग्रता दोब्बर बनाए । नयन प्रधानको डिफेन्डरलाई बिट गर्दै दिएको पासमा थापाले गोल गरेका हुन् ।

८० औ मिनेटमा दार्जिलिङले तेश्रो गोल गर्न सफल रहयो । मध्यभागबाट आएको पासमा गोलरक्षक निशम दनुवार र डिफेन्डरहरुलाई बिट गराउँदै प्रियांसु रानाले गोल अन्तर ३–० बनाए । दोश्रो हाफको अतिरिक्त समयमा सलोन थापाले व्यक्तिगत दोश्रो गरे ।

अतिरिक्त समयको चौथो मिनेटमा प्रियांसु रानाको असिस्टमा थापाले गोल गर्दै ४–० को फराकिलो जित दिलाए । खेलको म्यान अफ दि म्याच दार्जिलिङका प्रिविक घिसिङ घोषित हुँदै नगद २ हजार प्राप्त गरे । दोश्रो क्वाटरफाइनल खेलमा शनिबार उर्लाबारी फुटबल क्ल्ब मोरङ र शनिश्चरे एफसी झापा भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार