इलाम । सोयाक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा दुई दिवसीय गाई पालन सम्बन्धि तालिम सुरु भएको छ। सिरिजंघा कृषि सहकारी संस्था को सभाहलमा सञ्चालन भइरहेको तालिममा संस्थाका समूह सदस्यहरु तथा अन्य कृषक सदस्यहरु गरी जम्मा ६५ जनाको सहभागिता रहेको छ। पशुपालन सम्बन्धि विभिन्न रोगहरुको पहिचान, निराकरण तथा उपचारका उपायबारे तालिममा सहजीकरण गरिनेछ ।
गाईको नश्ल सुधार, मासुजन्य तथा दुग्ध उत्पादन वृद्धि गरी कृषकहरुको आयआर्जन तथा आर्थिक विकासमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ।संस्थाका अध्यक्ष श्याम साम्पाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर कार्यपालिका सदस्य तथा इलाम नगरपालिका–११ नं। वडा महिला सदस्य धन माया एक्तेनको प्रमुख आतिथ्यता रहेको थियो ।
इलाम नगरपालिका–११ का वडा सदस्य गोबिन्द खत्री, प्रेमिका शिवाकोटी, पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेस वडा सभापति रबिन एक्तेन, नेकपा एमालेका दौलतबहादुर राई, नेपाली कम्युनिस्ट पार्टी इलाम–११ का अध्यक्ष अशल फागो, निन्दाखु स्वास्थ्य इकाइका इन्चार्ज बिष्णु राई तथा सहकारी संस्थाका अध्यक्ष प्रेम राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवीन फागोले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गोबिन्द खत्री र रबिन एक्तेनले शुभकामना मन्तव्य राखेका थिए। औपचारिक कार्यक्रमको समापन सभाध्यक्ष श्याम साम्पाङ राईले गरेका थिए। तालिममा प्रशिक्षक नर्बु शेर्पाले पशुपालन, रोग व्यवस्थापन, नस्ल सुधार तथा दुग्ध तथा मासुजन्य उत्पादन सम्बन्धि व्यवहारिक प्रशिक्षण प्रदान गरिरहेका छन्।