Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सायाबुङ टोल गोल्डकपको नाफा १ लाख ५० हजार भन्दा बढि

सायाबुङ टोल गोल्डकपको नाफा १ लाख ५० हजार भन्दा बढि

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ ८ २०८३


सायाबुङ टोल गोल्डकपको नाफा १ लाख ५० हजार भन्दा बढि

इलाम । इलामको सन्दकपुर–४ माबुको सायाबुङ खेल संघले तेश्रो संस्करणको सायाबुङ टोल गोल्डकप फुटबलको आय–व्यय सार्वजनिक गरेको छ । संघले प्रतियोगिता सम्पन्न भएपछि पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको जनाएको छ ।

संघका अनुसार २०८२ साल बैशाख ११ देखि १८ गतेसम्म सञ्चालन गरिएको प्रतियोगिताबाट कुल १ लाख ५० हजार ६६ रुपैया बचत गरेको जनाएको छ । क्लबले ६ लाख ५१ हजार ४ सय २१ रुपैया आम्दानी गरेको थियो । प्रतियोगिता सम्पन्न गर्न ५ लाख १ हजार ३ सय ५५ रुपैया खर्च भएको छ ।

संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने गाउँपालिका, वडा कार्यालय, खेलप्रेमी, खेलाडी, टिमहरु तथा संघ–संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि खेलकुद गतिविधिलाई अनुशासित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

क्लबले सन्दकपुर गाउँपालिका भित्रका स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्न पालिका भित्रका टिम र खेलाडीहरुलाई मात्र सहभागिता गराउँदै आएको क्लबका सुरज राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार