Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया सम्पन्न

माङसेबुङमा स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया सम्पन्न

  • लिला बहादुर लिम्बु
  • बिहिबार, जेष्ठ ७ २०८३


माङसेबुङमा स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया सम्पन्न

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल इलाम शाखाको आयोजना र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ को सभाहलमा अन्तरक्रिया सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राईले सहजीकरण गरेको कार्यक्रममा स्थानीय तहमा सञ्चार माध्यमको आवश्यकता र चुनौतीको बिषयमा छलफल गरिएको थियो । प्रेस सेन्टर इलामका अध्यक्ष नमिन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष बिनोद नेम्वाङ र प्रमुख प्रशासकिय अधिकृत दिलशेर राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, प्रमुख प्रशासकिय अधिकृत दिलेशेर राई, सहजकर्ता दिपिन राई, वडा नं ३ का वडाध्यक्ष लक्षमन राई जनम, वडा नं २ का अध्यक्ष कृष्ण बहादुर बस्नेतले मन्तव्य राखेका थिए ।

त्यसैगरी प्रेस सेन्टर कोशीका अध्यक्ष सुजन तिमसिना, नेपाल पत्रकार महासंघका कोशीकी सदस्य बुद्धमाया सोङ्मी, जिल्ला अध्यक्ष भिम चापागाई, प्रेस चौतारी इलामका अध्यक्ष मनोज अधिकारी, प्रेस मञ्च नेपाल इलामका अध्यक्ष ज्ञानु केदेमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राईले गाँउँपालिकाले स्थानीय सञ्चार ऐन संगै पत्रकारको क्षमता वृद्धिका अन्य कार्यक्रमहरु अघि बढाइने बताए । अध्यक्ष राईले पत्रकारहरुका लागि थप कार्यक्रम ल्याउने कायपालिकाको बैठकबाट निर्णय गरिएको समेत जनाए ।

प्रमुख प्रशासकिय अधिकृत दिलशेर राईले गाउँपालिकाका विकास र समृद्धिका कार्यहरुको मुद्धालाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले आगामि १२ गतेको कार्यक्रममा उत्कृष्ट पत्रकारलाई समेत पुरस्कृत गरिने बताए ।

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष प्रदिप साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, सन्दकपुर अनलाइनका संचालक भगिरथ भण्डारी, दमक पत्रकार मञ्चका सचिव चिरन्जिवी घिमिरे, इलाम एफएमका ख्याम ढकाल, किरात आवाजका संचालक योगेश लावती, हरप्रहर न्युजका कार्यकारी सम्पादक सजन राई, नयाँ बुलन्दका प्रमुख समाचारदाता बालकृष्ण बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले इलामका पहिलो पटक सञ्चार ऐन बनाउने माङसेबुङ गाउँपालिकाको कार्यलाई स्वागत गरेका छन् । भौगोलिक विकटता भएपनि संचारकर्मी र संचारमाध्यम संरक्षणमा माङसेबुङको कार्य अन्य पालिकाले पनि कार्यान्वयनमा ल्याउन जरुरी देखिएको औल्याए ।

कार्यक्रम प्रेस सेन्टर नेपालका सचिव नविन फागोले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार