इलाम । घरेलु उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भरता तथा आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले इलाममा “साबुन तथा सरफ बनाउने २ दिवसीय तालिम” संंचालन भएको छ । फ्युचर ड्रीम ओरेन्टेशन प्रा।लि। द्वारा इलाम नगरपालिका–११, प्रगति चौकमा तालिम संचालन गरेको हो ।
सहभागीहरूलाई साबुन तथा सरफ उत्पादनसम्बन्धी व्यवहारिक सीप प्रदान गर्दै आन्तरिक प्रयोगका साथै खुला बजारमा बिक्री वितरणमार्फत आयआर्जन गर्न सक्षम बनाउने तािलमको लक्ष्य रहेको छ । सानुमाया चाम्लिङ तथा सुनिल राईले तालिममा प्रशिक्षण दिएका छन् ।
आजसम्म चल्ने तालिममा ३७ जना सहभागी भएका छन् । स्थानीय स्तरमै उत्पादन र उद्यमशीलताको विकासमा यस्ता तालिम प्रभावकारी हुने विश्वास गरिएको छ।